ओलीको सत्तामा जान थाल्यो पहिरो, लुम्बिनी प्रदेशविरुद्ध पनि अविश्वास
नेपालबहस संवाददाता
बैशाख ६, २०७८ सोमबार १९:१६:६
६ वैशाख, काठमाडौं । केपी ओली नेतृत्वको सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने उदेश्यले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच सैद्धान्तिक समझदारी बनेको केही घण्टापछि नै संसद अधिवेशन अन्त्य गरिएको छ ।
ओलीले यस्तो तिकडम अपनाएपछि आजै सरकारलाई दिंदै आएको विश्वासको मत फिर्ता गर्ने तयारीमा रहेका माओवादी केन्द्र अलमलिएको छ । यस प्रयोजनका लागि आज दिउँसो १ बजेका लागि माओवादीले स्थायी कमिटी बैठक डाकेको थियो । तर सरकारले अधिवेशन अन्त्य गरेकाले आजको सट्टा भोलिका लागि बैठक सारिएको छ ।
अधिवेशन अन्त्य गर्दा प्रधानमन्त्री ओलीले सभामुख अग्निप्रसाद सापकोटासँग एक वचन सोधेनन् । सर्वाेच्च अदालतले व्यूँताएको प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते सुरु भएको थियो । उक्त अधिवेशन अवधिभर प्रधानमन्त्री ओली एकैपटक पनि संसद्को बैठक कक्षमा छिरेनन् ।
साथै, यो अधिवेशनले कुनै कामै गरेन । सरकारले संसद्लाई कुनै बिजनेस दिएन । तर पछिल्ला दिनमा भने ओलीले अमेरिकी सहयोग एमसीसी पारित गराउन भरपूर प्रयास गरेका थिए । यही विषयमा विपक्षीहरुबीच मतभेद खडा गरिदिएर गठबन्धन नबन्दै भत्काउने ओलीको दाउ थियो । तर अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी भएको बुझ्ने वित्तिकै ओलीले अधिवेशन अन्त्य गरेका हुन् ।
नेकपा एकालेविरुद्ध विपक्षी दलहरुको गठबन्धन बन्ने संकेत देखिएकोले यस्तो निर्णयमा सरकार पुगेको हो । यसअघि पनि गण्डकी प्रदेश सरकारविरुद्ध कांग्रेस नेतृत्वमा अविश्सास दर्ता भइसकेको छ । त्यहाँ पनि अविश्वास दर्ता हुने वित्तिकै प्रदेश सरकारले हठात् अधिवेशन अन्त्य गरेको छ । तर अविश्सास प्रस्ताव भने दर्ता भइसकेको छ ।
एमालेविरुद्ध विपक्षीहरुको गठबन्धन बलियो देखिएको छ । गत शनिबार कर्णाली प्रदेश सरकारविरुद्धको अविश्वास प्रस्तावसमेत फेल भएको थियो । माओवादी नेतृत्वको सरकार जोगाउन एमालेकै चार जना प्रदेश सभा सदस्यले फ्लोर क्रस गरेका थिए । यसैबीच आजै लुम्बिनी प्रदेश सरकारविरुद्ध पनि अविश्वास प्रस्ताव दर्ता भएको छ । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध आज प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता भएको हो ।
नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका प्रदेश सभा सदस्यहरुले अविश्वास दर्ता गराएका हुन् । लुम्बिनी प्रदेशसभाको नयाँ मुख्य मन्त्रीमा नेकपा माओवादीका नेता कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ । ८७ सदस्यीय प्रदेश सभामा सरकार बनाउन ४३ मत चाहिन्छ । यहाँ एमालेका ४१, काँग्रेसका १९ , माओवादीका १७, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एक सदस्य रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
नारायणी अस्पतालमा ‘मेमोग्राम’ जडान अन्तिम चरणमा
मंसिर ९, २०८१ आइतबार
व्याँसी सौका समुदाय खलङ्गा झर्दै
मंसिर ९, २०८१ आइतबार
मह बेचेर चार लाखबढी आम्दानी गर्दै रूपबहादुर
मंसिर ९, २०८१ आइतबार
प्रतिनिधिसभाका सचिव अधिकारीले दिए राजीनामा
मंसिर ९, २०८१ आइतबार
जलवायु परिवर्तनको असरले कालोपत्थर बन्दै हिमाल
मंसिर ९, २०८१ आइतबार