नयाँ वर्षको अवसरमा नेपाल महिला संघ दमकको शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न
नेपालबहस संवाददाता
बैशाख ६, २०७८ सोमबार २२:५६:५७
६ वैशाख, दमक । नेपाल महिला संघ दमक नगर समितिले आज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । साे कार्यक्रममा नयाँ वर्ष २०७८ सालको आगमनसँगै दमकका जुझारु महिलाहरुको क्रियाशिलता र सकृयतामा अझ धेरै अभिबृद्धि गर्दै लैजान सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।
छलफलका क्रममा यसै बर्षको आगामी भदौमा हुने नेपाली कांग्रेसको चौधौ महाधिवेशनमा महिलाहरुको सहभागितामा कसरी बृद्धि गराउन सकिन्छ भन्नेबारे विचार मन्थन भएको थियो ।
छलफल तथा अन्तरक्रियात्मक कार्यक्रम गरी नयाँ बर्ष २०७८ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको नेपाल महिला संघ दमककी नगर अध्यक्ष तथा क्रियाशिल महिला नेतृ मन्धरा चिमरिया पौडेलले नेपालबहस डटकमलाई बताएकी छिन् ।
दमक राजनीतिको उद्गम स्थल हो । दमकको राजनीतिमा महिलाहरुको सकृयता, समर्पण र सहयोग अत्यन्तै सकारात्मक र सबल रहेको कुरामा जोड दिदैं नेपाली कांग्रेसकी नेतृ तथा माननीय सभासद महिन्द्रा कुमारी लिम्बुले बताएकी छिन् । नेपाली कांग्रेसको आगामी चौंधौ महाधिवेशनमा गुट, उपगुटमा नलागी सिंगो नेपाली कांग्रेसको पक्षमा दमक र सिंगो झापा महिलाहरुको नेतृत्व अगाडि बढनु पर्ने कुरामा जोड दिदैं सभासद महिन्द्रा कुमारी लिम्बुले दमकको महिला संघको सकृयताबाट आफु निक्कै प्रभावित भएको बताएकी छन् ।
वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगरमा रहेर महिलाहरुको हक, अधिकार र महिला सशक्तिकरणका क्रियाकलापहरुमा सकृय महिलाहरुले नेपाल महिला संघको गरिमालाई सधैं उच्च राखेर काम गरिरहेको र आगामी दिनमा पनि अझै क्रियाशिलता आवश्यक रहेको नेपाली कांग्रेसका महासमिति सदस्य सुरेश सुब्बाले बताएका छन् ।
नेपाली कांग्रेसको गौरवशाली इतिहासमा हाम्रो पुस्ताले आँच आउन दिनु हुदैन भन्दै दमककै सम्मानित नेता सुब्बाले एक्लै हिँडेर संगठन निर्माण गर्न नसकिने भन्दै दमक कांग्रेसलाई गुटमुक्त बनाउने अभियानमा सबैको एकता र पार्टीप्रतिको ईमान्दारिता आवश्यक रहेको बताए ।
कार्यक्रममा नेपाल विद्यार्थी संघका पूर्व जिल्ला सभापति तथा दमक कांग्रेसका युवा नेता पर्शुराम रिजालले नेपाल महिला संघको क्रियाशिलताले नेपाली कांग्रेसलाई समेत थप सशक्त बन्न आवश्यक थप उर्जा मिलिरहेको बताउदैं नयाँ वर्षले नेपाली कांग्रेसमा देखिएका असमझदारी र गुटगत प्रबृत्ति समेत समाप्त भएर जाउन भन्ने शुभेच्छा प्रकट गरे ।
दमकमा महिला संघको क्रियाशिलता अत्यन्तै लोभलाग्दो रहेको बताउदैं भावी दमक कांग्रेसका सभापतिका सशक्त दाबेदार रिजालले दमक कांग्रेसलाई एकताबद्ध बनाएर लैजान महिलाहरुले नेपाली कांग्रेस नगरको नेतृत्वमा महत्वपूर्ण जिम्मेवारीमा आउन आग्रह समेत गरेका छन् ।
नेपाली कांग्रेसका क्षेत्रिय सभापति ढुंढीराज भण्डारीले नेपाली प्रजातान्त्रिक आन्दोलनमा नेपाल महिला संघको त्याग र समर्पणको गाथा बयान गरेर साध्यै नभएको बताउदै नेपाली कांग्रेसको प्रजातान्त्रिक आन्दोलनमा नेपाल महिला संघ बिनाको कांग्रेस कल्पना पनि गर्न नसकिने बताएका छन् ।
झापा जिल्लाकै युवा तथा जुझारु नेता भण्डारीले नेपाली कांग्रेसको नेतृत्वमा भएका राजनीतिक परिवर्तनका हरेक आन्दोलनको अगुवाई नेपाल महिला संघले गर्ने गरेको स्मरण गरेका छन् । प्रथम महिला मंगलादेवी सिंह र शैलजा आचार्यदेखि दमककी सकृय नेतृ महिन्द्रा कुमारी लिम्बुसम्मको त्याग र समर्पणको मुक्त कण्ठले प्रशंसा समेत गरेका छन् ।
नेपाल महिला संघ दमक नगर समितिकी सभापति मन्धरा चिमरिया पौडेलको अध्यक्षतामा सम्पन्न उक्त शुभकामना आदानप्रदान कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्यहरु क्रमशः शेरबहादुर भट्टराई, दिलबहादुर बुढाथोकी, महाधिवेशन प्रतिनिधिहरु क्रमशः अईन्द्र केरुङ्ग, रेगिना भट्टराई, नेपाली कांग्रेसका जिल्ला सहसचिव राजेन्द्र भण्डारी, जिल्ला सदस्यहरु रवि के.सी.,मेनुका बुढाथोकी, गत निर्वाचनमा नेपाली कांग्रेस प्रदेश ख का उम्मेदवार राजन कुमार ढुंगानासहित नेपाली कांग्रेस दमकका नगर सभापति रोशन बिष्ट, महिला नेतृ लता चापागाँई सहित स्थानीय नेता तथा कार्यकर्ताहरु र नेपाल महिला संघ दमक नगर समितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
मंसिर ६, २०८१ बिहिबार
पहिचान पक्षधरले कोशीमा घोषणा गरे आन्दोलन
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
लुम्बिनीमा हवाई सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड
मंसिर १०, २०८१ सोमबार
प्रधानमन्त्रीको चीन भ्रमण चार दिने हुने, १८ गते सि जिनपिङसँग भेटवार्ता हुने
मंसिर १०, २०८१ सोमबार
प्रधानमन्त्रीको भ्रमण तयारी गर्न मंसिर १३ गते परराष्ट्र मन्त्री राणा चीन जाने
मंसिर १०, २०८१ सोमबार
बादी समुदायको पुर्ख्यौली पेसा संकटमा
मंसिर १०, २०८१ सोमबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
मंसिर १०, २०८१ सोमबार
पल शाहको 'मायावी' फागुन १४ मा रिलिज हुने
मंसिर १०, २०८१ सोमबार