अब मास्क नलगाई गाडीमा यात्रा गर्न नपाईने
नेपालबहस संवाददाता
बैशाख ६, २०७८ सोमबार २३:३७:१७
६ वैशाख, काठमाडौं । अब मास्क नलगाई सार्वजनिक यातायातका साधनमा यात्रा गर्न नपाईने भएको छ । कोरोना भाइरस महामारीको जाखिम बढेपछि सरकारले यस्तो निर्णय गरेको हो।
सरकारले वैशाख महिनाभर सार्वजनिक ठाउँमा भीडभाड नगर्न, मन्दिर, सांस्कृतिक स्थलहरुमा नियमित पूजाबाहेक अन्य गतिविधि नगर्न, होटल–रेस्टुरेन्टहरु बेलुकी ८ बजेपछि बन्द गर्न आग्रह गरेको छ। यस्तै सभासम्मेलनमा रोक लगाएको छ भने खेलकुदका कार्यक्रममा पनि प्रतिबन्ध लगाएको छ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री पार्वत गुरुङले सार्वजनिक सवारीसाधनमा सिट क्षमताभन्दा यात्रु राख्न नपाइने, सवारीसाधनलाई दैनिक निःसंक्रमित गर्नुपर्ने, मास्क नलगाउनेलाई गाडीमा चढ्नै नदिने निर्णय भएको बताएका छन् ।
उनका अनुसार मास्क नलगाई यात्रा गर्न खोजेमा बढीमा १० रुपैयाँ लिई मास्क उपलब्ध गराउन चालक तथा सहचालकलाई आग्रह गरिएको छ। यसैगरी लामो दुरीमा बीच बाटोमा थप यात्रु चढाउन नपाइने भएको छ भने आन्तरिक हवाई उडानमा पनि सबै यात्रुका लागि मास्क तथा स्यानिटाइज अनिवार्य व्यवस्था गर्न सरकारले निर्देशन दिएको छ।
प्रत्येक उडानपछि विमानलाई निःसंक्रमण गर्नुपर्ने मन्त्री गुरुङले बताए। यात्रु प्रतीक्षालयमा भीडभाड नगर्न, कार्यालय र पसलमा जाँदा पनि मास्क प्रयोग गर्न सरकारले निर्देशन दिएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
पुष्पामा अल्लु अर्जुनको पारिश्रमिक ३०० करोड, अरूको कति ?
मंसिर ३, २०८१ सोमबार
ईरासँग सम्बन्ध सुधार्न थेरापी लिँदैआमिर खान
मंसिर ३, २०८१ सोमबार
‘समाजमा बोक्सी छैन भन्ने सन्देश दिन अग्निदहन’
मंसिर ३, २०८१ सोमबार
मंसिर १५ गते ‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना
मंसिर ३, २०८१ सोमबार
विद्युत प्राधिकरणले काटेको बिलका आधारमा बक्यौता गणना गर्न सरकारले बनायो विज्ञ समिति
मंसिर ३, २०८१ सोमबार
झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच सहमति
मंसिर ३, २०८१ सोमबार