प्रधानमन्त्री निवास बालुवाटार मै प्रतिवन्धात्मक आदेशको उल्लङ्घन
नेपालबहस संवाददाता
बैशाख ७, २०७८ मंगलबार १५:२३:३५
७ बैशाख, काठमाडौं । संक्रामक रोग २०२० ऐन को दफा २ प्रयोग गरी कोभिड १९ को महामारी नियन्त्रण गर्न सरकारले प्रतिवन्धात्मक आदेश जारी गरेको २४ घण्टा वित्त नपाउँदै प्रधानमन्त्री निवास बालुवाटारमै आदेशको उल्लङ्घन गरिएको छ । आदेशमा सार्वजनिक कार्यक्रमा २५ जना भन्दा बढी भेला हुन नपाइने त्यस्तो भेला हुँदा सामाजिक दुरी कायम गर्न पर्ने भनिए पनि आज विहान बालुवाटारमा देखिएको दृश्यले भने आदेशलाई उल्घङ्गन गरेको प्रधामन्त्री स्वयम् उपस्थित भएको कार्यक्रममा पालना नभएको पाइएको छ।
आदेशको उल्लङ्घन र सक्रमणको जोखिम वेवास्ता गर्दै प्रधामन्त्री कार्यालय बालुवाटारमा आज चितवनको माडी अयोध्याधाममा स्थापना गर्ने राम-सीताका मूर्ति हस्तान्तरण गर्न धार्मिक अनुष्ठान आयोजना गरियो । सरकारले हिजो जारी गरेको आदेशमा २५ जना भन्दा बढी भेला हुन नपाउने भनिएपनि वालुवाटारमा प्रधानमन्त्री आफैले त्यो नियमलाई मानेनन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बाक्लो सहभगिता बीच भब्य पुजापाठ गरे । कोरोना संक्रमणको जोखिमलाई बेवास्ता गर्दै मानिसहरुको उपस्थिति पनि उल्लेख्य थियो ।
कार्यक्रममा प्रधानमन्त्री पत्नी राधिका शाक्य, पर्यटन तथा संस्कृतमन्त्री भानुभक्त ढकाल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, सन्तमहन्तलगायतको बाक्लो उपस्थिति रहेको देखियो ।
आयोध्या नेपालको चितवनमा पर्छ भनेर चर्चा कमाएका ओलीले चितवनको अयोध्या माडीमा राम, सीता, लक्षमण र हनुमानका मूर्ति रामनवमीको अवसर पारेर अयोध्याधाममा स्थापना गर्न आज त्यस तर्फ मुर्ति पठाएका हुन । पूर्णकदका ती मूर्तिहरु माडी अयोध्याधाममा बुधबार (यही वैशाख ८ गते) अनावरण गरिने अयोध्याधाम प्रचारप्रसार समितिका संयोजक श्रीप्रसाद दवाडीले जानकारी दिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा रहेका ती मूर्तिहरुलाई मंगलबार प्रधानमन्त्री ओलीले स्वस्तीवाचनसहित हस्तान्तरण गरेका छन् । ‘श्री सीताराम शोभा रथयात्रा’ नाम दिइएको सो धार्मिक र्याली सहित सीता-रामका मूर्तिहरुलाई आज देवघाटमा लगेर राखिनेछ । भोलिपल्ट चैत ८ गते अर्थात् रामनवमीको दिन माडीको अयोध्याधाममा लगेर अनावरण गर्ने कार्यक्रम छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार