पाँच लाखको एक्सरे मेसिन प्रयोगविहीन, सेवाग्राही मार्कामा
नेपालबहस संवाददाता
बैशाख ७, २०७८ मंगलबार १५:३१:२८
७ वैशाख, गण्डकी । जनस्वास्थ्यलाई ख्याल गर्दै पोखरा महानगरपालिका–२१ स्थित कृष्ति प्राथमिक स्वास्थ्य केन्द्रमा चार वर्षअघि एक्सरे मेसिन ल्याइए पनि दक्ष जनशक्ति नहुँदा सञ्चालनमा आउन सकेको छैन । स्वास्थ्य बीमा बोर्डले झण्डै रु पाँच लाख बराबरको एक्सरे मेसिन अनुदानमा सहयोग गरे पनि सञ्चालनका लागि प्राविधिक उपलब्ध नहुँदा सो मेसिन प्रयोजनविहीन बनेको हो ।
स्वास्थ्यचौकीले पोखरा महानगरपालिका स्वास्थ्य महाशाखासँग जनशक्तिको माग गर्दै आए पनि हालसम्म उपलब्ध नहुँदा मेसिन भएर पनि सामान्य एक्सरे गर्न सो क्षेत्रका बासिन्दालाई पोखरा पठाउनुपरेको स्वास्थ्य केन्द्रका प्रमुख प्रताप पौडेलले जानकारी दिए । उनका अनुसार मेसिन सञ्चालन नहुँदा बिग्रने समस्या बढेको छ भने स्थानीय जनताले पनि असुविधा भोग्नुपरेको छ । केन्द्रमा एक्सरे गर्नुपर्ने १५ देखि २० बिरामी आउने गरेका छन् ।
स्वास्थ्य बीमाको सुविधासमेत रहेको सो केन्द्रमा आकस्मिक सेवा, प्रयोगशाला, २४ घण्टा प्रसूति सेवा, बच्चाको खोप, इसिजी, परिवार नियोजनलगायतका सेवासहित नेपाल सरकारद्वारा निःशुल्क प्रदान गरिने सबै प्रकारका औषधिसमेत उपलब्ध गराउँदै आएको उहाँले सो केन्द्रको स्थलगत अनुगमनमा पुगेकी गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्मालाई जानकारी गराइन। निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको आर्थिक सहयोगमा स्वास्थ्य केन्द्रको हातामा निर्माण भएको चारवटा सटरसहितको ट्रष्ट फार्मेसी भवनको अनुगमनका लागि सो स्थानमा पुगेकी शर्माले एक्सरे मेसिन सञ्चालनका लागि आफूले महानगरसँग समन्वय गर्ने विश्वास व्यक्त गरिन।
सो केन्द्रमा दरबन्दीअनुसार एक चिकित्सक र एक स्टाफनर्ससमेत नहुँदा सेवाग्राहीलाई उपचारमा सोचेजस्तो सेवा प्रदान गर्न नसकिए पनि हाल छात्रवृत्तिमा अध्ययन गरेका एमबिबीएसका तीन विद्यार्थीले स्थानीयवासीलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएका छन् । पोखरा महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा पौडेलका अनुसार स्वास्थ्य बीमा बोर्डले एक्सरे मेसिन उपलब्ध गराए पनि आवश्यक जनशक्तिको अभावमा मेसिन सञ्चालन गर्न नसकिएको बताए ।
पोखराको शिशुवा स्वास्थ्यचौकीमा मेसिन सञ्चालन गरी निरन्तर सेवा प्रदान गर्दै आएको बताउँदै उहाँले बोर्डले उपलब्ध गराएको पोखरा–१६ अर्मला र कृष्ति स्वास्थ्य केन्द्रको मेसिन लामो समयदेखि प्रयोगमा आउन नसकेको जानकारी दिनुभयो । कतिपय उक्त मेसिनमा प्रयोग हुने सामग्रीसमेत पाउन कठिन भइसकेको छ ।
वैकल्पिक व्यवस्था गरेर भए पनि एक्सरे मेसिन सञ्चालन गरेर स्थानीयवासीलाई सुविधा पु¥याउन महानगरले पहल शुरु गरेको बताउँदै महाशाखा प्रमुख शर्माले भनिन, “नजिकै पोखरा बजारमा सबै किसिमका स्वास्थ्य सेवा हुने हुँदा स्वास्थ्यचौकीमा सेवाग्राहीको सङ्ख्यामा समेत कमी हुने गरेको छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाढीपहिरो प्रभावितलाई गण्डकी प्रदेशले ५० लाख सहयोग गर्ने
असोज १७, २०८१ बिहिबार
व्यासमा चौबीसै घण्टा आपत्कालीन केन्द्र तयारी अवस्थामा
भदौ ३०, २०८१ आइतबार
बागलुङमा घर भत्काउने क्रममा एकको मृत्यु, ११ जना घाइते
भदौ २९, २०८१ शनिबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
बजारमा खसीबोका चिन्नु, हरियो संकेत भएको किन्नु
असोज २०, २०८१ आइतबार
राष्ट्रपतिबाट नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ
असोज २०, २०८१ आइतबार
हमासको आक्रमणको एक बर्षको पूर्वसन्ध्यामा इजरायलमा सुरक्षा सावधानी
असोज २०, २०८१ आइतबार
कुमारी बैंकको गैडाकोटमा उद्यमी प्रशिक्षण सम्पन्न
असोज २०, २०८१ आइतबार
आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा निर्माण व्यवसायी विकास परिषद्को एक करोड सहयोग
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा एमालेले गर्यो ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
राहत तथा पुनः निर्माणका लागि सरकारलाई कांग्रेसको ३४ सुझाव, राहत कोषमा ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
५६ अंकले बढेर २६५३ विन्दुमा उक्लियो नेप्से, ६ अर्ब १३ करोडको शेयर खरिदबिक्री
असोज २०, २०८१ आइतबार