घर जलेपछि भुजेल परिवारको टहरोमा बास
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
बैशाख ७, २०७८ मंगलबार १५:३८:१९
![](https://nepalbahas.prixacdn.net/media/albums/tahara-e1618891692920_4azKOXRuGD.jpg)
७ वैशाख, दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–६ का सन्त भुजेलको घर गत चैत ३१ गते आगलागीबाट नष्ट भयो । आगलागीबाट घरमात्र जलेन, घरमा भएका लत्ताकपडा र खाद्यान्न पनि नष्ट भयो ।
घर जलेपछि भुजेल परिवारको टहरोमा बास भएको छ । अर्थावस्था नाजुक रहेको यो परिवार अहिले गाँस न बासको अवस्थामा पुगेको छ । जलेकै घर छेउ रहेको बारीमा टहरो बनाएर उनको परिवार यतिबेला दैनिकी गुजारिरहेको छ । परिवारमा सात जना सदस्य छन् । सबैजना टहरोमा नै बसिरहेका छन् । उनीहरुलाई हावाहुरी र पानी पर्दा समस्या हुने गरेको छ ।
भुजेल परिवारको दयनीय अवस्थाका बारेमा जानकारी पाएपछि जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य एवं भुजेल समाज तनहुँका सचिव पृथ्वी भुजेलले सहयोग सङ्कलन अभियान शुरु गरेका छन् । उनको पहलमा सङ्कलित खाद्यान्न तथा लत्ताकपडा सोमबार पीडित परिवारलाई हस्तान्तरण गरिएको छ ।
“खाद्यान्न, लत्ताकपडा, भाडावर्तनलगायत केही सामग्री पीडित परिवारलाई हस्तान्तरण ग¥यौँ, उक्त खाद्यान्नले १५÷१६ दिनलाई पुग्छ”, भुजेलले भने । पीडित परिवारलाई तीन बोरा चामल, दाल, तेल, लत्ताकपडा, भाडावर्तन सहयोग गरिएको छ । पीडितका लागि घर निर्माण गर्न जस्तापाता जुटाउने अभियान पनि शुरु भएको भुजेलले जानकारी दिए । “तत्कालका लागि खानाको व्यवस्था त भयो, अब आगलागीबाट जलेको घरलाई पुनःनिर्माण गर्न पाए उनीहरुलाई सहज हुन्थ्यो”, उनले भने ।
नेपाल आदिवासी जनजाति महासङ्घ तनहुँका अध्यक्ष वसुन्धरा घर्ती, जिल्ला खेलकूद विकास समिति तनहुँका सचिव तुल्सीराम पाण्डे, ललित पाण्डे, खुमबहादुर थापा, चुडामणि थापा, कमला भुजेल, विमला भुजेललगायतले पीडित परिवारका लागि सहयोग गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवन अतिक्रमण गरेर बनाइएका टहरा हटाइयो
फागुन ३, २०८१ शनिबार
‘बाल विवाह सामाजिक समस्या’
फागुन १, २०८१ बिहिबार
‘शिक्षा क्षेत्र देश विकासका लागि महत्त्वपूर्ण’
माघ २७, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
फागुन ६, २०८१ मंगलबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार