गरिमा विकास बैंकको मुनाफा बढ्यो, प्रतिशेयर आम्दानीमा पनि सुधार
नेपालबहस संवाददाता
बैशाख ७, २०७८ मंगलबार १६:७:३६
७ बैशाख, काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुनाफा बढेको छ । तेस्रो त्रैमासम्ममा मुनाफाा बढेसँगै प्रतिशेयर आम्दानी पनि सुधार आएको हो ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ६७ करोड ८२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६.६३ प्रतिशत बढी हो। ब्याज आम्दानीसँगै खुद फि कमिशन आम्दानी र सञ्चालन मुनाफा बढेपछि बैंकको मुनाफा बढ्न पुगेको हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ९.६४ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ३३.१७ प्रतिशत र सञ्चालन मुनाफा ३६.९७ प्रतिशत बढेको छ। त्यसैगरी, समीक्षा अवधिमा बैंकको वितरण योग्य मुनाफा ७ करोड ७३ लाख रुपैयाँबाट बढेर ४९ करोड २ लाख रुपैयाँ पुगेको छ।
खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि सुधार देखिएको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ४ रुपैयाँ २७ पैसा बढेर २४ रुपैयाँ ६० पैसा पुगेको छ। चैत मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १४।१५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३८ रुपैयाँ ९२ पैसा रहेको छ।
गत आर्थिक वर्षको अन्त्यको तुलनामा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकको चुक्ता पूँजी १३।५० प्रतिशत बढेको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १३.५० प्रतिशतका दरले बोनस शेयर वितरण गरेका कारण चुक्ता पूँजी सो दरमा बढेको हो। समीक्षा अवधिमा बैंकको जगेडा कोष २९.१४ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप ३९।५३ प्रतिशत बढेको छ भने कर्जा लगानी ४४।२८ प्रतिशत बढेको छ।
कर्जा लगानीसँगै बैंकको निष्क्रिय कर्जा पनि सामान्य बढेको छ। गत आर्थिक वर्षको पहिलो ९ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्मा बैंकको यस्तो कर्जा ०.३४ प्रतिशतविन्दु बढेर ०.५८ प्रतिशत पुगेको छ। समीक्षा अवधिमा बैंकको आधार दर २.८१ प्रतिशतविन्दु र स्प्रेड दर ०.३५ प्रतिशतविन्दु घटेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप१८ औं वार्षिकोत्सवमा गरिमा विकास बैंकका १८ काम
मंसिर ८, २०८१ शनिबार
महालक्ष्मी विकास बैंकले घर कर्जा प्रदान गर्ने
मंसिर ५, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते, दुईको अवस्था गम्भीर
मंसिर ८, २०८१ शनिबार