मुक्तिनाथ विकास बैंकको मुनाफा ४८.७५ प्रतिशतले बढ्यो, ब्याज आम्दानी कति ?
नेपालबहस संवाददाता
बैशाख ७, २०७८ मंगलबार १६:३२:६
७ बैशाख, काठमाडौं । मुक्तिनाथ विकास बैंक प्रकासित गरेको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार बैंकको मुनाफा ४८.७५ प्रतिशतले बढेको छ ।
बैंकले तेस्रो त्रैमासम्ममा १ अर्ब ५६ लाख रुपैयाँ मुनाफा गरेको हो । गत वर्षको तुलनामा यो वर्ष बैंकले उल्लेख्य मात्रमा मुनाफा बढाउन सफल भएको छ ।
समीक्षा अवधिमा बैंकको ब्याज आम्दानी ११.८२ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ४७.३० प्रतिशत बढेको छ।
समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ३ पैसा बढेको छ। चैत मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १५.४७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३८ रुपैयाँ ४३ पैसा रहेको छ।
गत आर्थिक वर्षको अन्त्यको तुलनामा चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अन्त्यसम्ममा बैंकको चुक्ता पूँजी ११.२५ प्रतिशत बढेको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सो बराबरको बोनस शेयर वितरण गरी पूँजी वृद्धि गरेको हो। समीक्षा अवधिमा बैंकको जगेडा कोष २३.८१ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप ३९.४३ प्रतिशत बढेको छ भने कर्जा ४३.८९ प्रतिशत बढेको छ।
कर्जा लगानीसँगै बैंकको निष्क्रिय कर्जा पनि सामान्य बढेको छ। गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको यस्तो कर्जा ०.१२ प्रतिशत बढेको हो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप१८ औं वार्षिकोत्सवमा गरिमा विकास बैंकका १८ काम
मंसिर ८, २०८१ शनिबार
महालक्ष्मी विकास बैंकले घर कर्जा प्रदान गर्ने
मंसिर ५, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते, दुईको अवस्था गम्भीर
मंसिर ८, २०८१ शनिबार