एमालेका तीन दर्जन सांसद पदमुक्त हुँदै
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
बैशाख ७, २०७८ मंगलबार १८:१०:४०
![](https://nepalbahas.prixacdn.net/media/albums/oli_cqiFdeaQj2.jpg)
७ वैशाख, काठमाडौं । सत्ताधारी नेकपा एमाले भित्रको अन्तद्र्वन्द्व अब मिलापतिर भन्दा विभाजनतिर नै उन्मुख भएको निष्कर्ष निकाल्दै संस्थापन पक्षले असन्तुष्ट सबै सांसदकाे पद खोस्ने रणनीति तयार गरेको छ । प्रधानमन्त्री केपी ओलीविरुद्ध विपक्षी दलभन्दा असन्तुष्ट पक्षको जोडबलमा अविश्वास प्रस्ताव दर्ता गर्न खोजिएको सूचना चुहिएलगत्तै यस्तो रणनीति बनेको हो ।
बालुवाटार निकट स्रोतका अनुसार, कारबाहीमा परेका वरिष्ठ नेता माधवकुमार नेपालको सक्रियतामा नेपाली कांग्रेस र नेकपा माओवादीले हिजो सोमबार नै संसद्मा अविश्वास प्रस्ताव दर्ता गर्न खोजेका थिए । यसबारे जानकारी पाएका प्रधानमन्त्रीले हिजै बिहान मन्त्रिपरिषद बैठक डाकी संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिश गरेको थियो ।अविश्वास प्रस्ताव दर्ता भएको अवस्थामा जनता समाजवादी दलले समर्थन नगरे पनि माधव नेपाल पक्षले फ्लोर क्रस गर्ने विश्वास दिलाइएको थियो । यस्तो विश्वास पाएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि सत्ताको बाग्डोर सम्हाल्न अग्रसर भएका थिए ।
त्यसैले अब माधव नेपाल समूहमा रहेका प्रतिनिधिसभा सदस्यहरु पार्टीका लागि बाँदरको पुच्छर जस्तै भएको भन्दै प्रधानमन्त्रीले उनीहरुलाई पदमुक्त गर्ने रणनीति बनाएको स्रोतको दाबी छ । संघीय संसदमा नेपाल समूहमा आवद्ध सांसद्हरुलाई सकेसम्म फकाउने प्रयास ओलीले गरेपनि सफलता नपाएपछि यस्तो निश्कर्ष निकालेका हुन् । संघीय संसद्का २७ र प्रदेश सभाका ५ जनालाई तत्कालै पदमुक्त गर्न प्रकृया अघि बढाइने छ ।
यसका लागि आजै पार्टी अनुशासन समितिले ४८ र ७२ घण्टे स्पष्टीकरण सोध्दैछ । उनीहरुले चित्तबुझ्दो जवाफ नदिएको भन्दै पार्टीले पदमुक्त गर्न सम्बन्धित निकायलाई पत्राचार गर्ने छ । यसरी दर्जनौंको संख्यामा सांसद्हरु पदमुक्त भएपछि उपनिर्वाचन भन्दा अर्ली इलेक्सनकै वातावरण तयार हुने ठम्याई ओली पक्षको रहेको छ । आज २४ घण्टे स्पष्टीकरण दिन पत्राचार गरिने संघीय संसद सदस्यहरुमा माधवकुमार नेपाल, भीमबहादुर रावल, घनश्याम भूषाल र सुरेन्द्र पाण्डे रहेका छन् । उनीहरुलाई यसअघि छ महिनाका लागि निलम्बन गरिसकिएको छ ।
साथै, ७२ घण्टे स्पष्टीकरण सोध्न लागिएका संघीय संसद्का थप सदस्यहरुमा क्रमशः पवित्रा निरौला, झपट रावल, मेटमणि चौधरी, यज्ञराज सुनवार, जीवनराम श्रेष्ठ, झलनाथ खनाल, विरोध खतिवडा, सोमप्रसाद पाण्डे, नारायण खतिवडा, जयकुमार राई, गणेश पहाडी, दीपकप्रकाश भट्ट, योगेश भट्टराई, होराचन्द्र केसी, पुष्पाकुमारी कर्ण कायस्थ, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, सरलाकुमारी यादव, कृष्णलाल महर्जन, नीरादेवी जैरु, मुकुन्द न्यौपाने र रामकुमारी झाँक्री रहेका छन् ।
यस्तै प्रदेशसभा सदस्यहरुमा कर्णाली प्रदेशका प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही, अम्बरबहादुर थापा र देवी आले रहेका छन् । उनीहरुलाई अन्तिम मौका दिइने त्यसमा चित्तबुझ्दो जवाफ नपाए पदमुक्त गर्ने तयारी भएको बुझिएको छ । आगामी वैशाख १०गते बस्ने केन्द्रीय कमिटी बैठकबाट कारबाही अनुमोदन गर्ने तयारी थालिएको स्रोतको दाबी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
अख्तियारको मुद्दा नजाँदै सिंहदरबारमा मुख्यसचिवका लागि दौडधूप
असार ९, २०८१ आइतबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
फेल भएका एक लाख २६ हजार विद्यार्थीले कक्षा १० मा दोहोर्याएर पढ्नुपर्ने
असार १३, २०८१ बिहिबार
बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ
असार १३, २०८१ बिहिबार
एसईईमा सबैभन्दा बढीले २.८० देखि ३.२० सम्मको ग्रेड प्राप्त
असार १३, २०८१ बिहिबार
बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ
असार १३, २०८१ बिहिबार
विपद् प्रभावितको घरमै पुगेर राहत
असार १३, २०८१ बिहिबार
पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन गर्न छुट्टाछुट्टै समिति गठन
असार १३, २०८१ बिहिबार
मेलम्ची नदीमा महिलाको शव फेला
असार १३, २०८१ बिहिबार
सूचना मागेकै कारण सूचनाको हकका अभियन्ता दश दिनदेखि हिरासतमा !
असार १३, २०८१ बिहिबार
युरोकप फुटबलमा नकआउट चरणको समीकरण पूरा
असार १३, २०८१ बिहिबार