नयाँ भवनबाट सेवा दिदै जिल्ला ट्राफिक प्रहरी
नेपालबहस संवाददाता
बैशाख ७, २०७८ मंगलबार १८:१५:३७
७ वैशाख,सर्लाही । जिल्ला ट्राफिक प्रहरी कार्यालयले नयाँ भवनबाट सेवा शुरुआत गरेको छ । विगत लामो समयदेखि सो कार्यालय भाडाका घरमा रहदैं आएको थियो ।
करिव सात वर्षपछि स्थानीय निकाय, संघीय सरकार तथा समाजसेवीका सहयोगमा भवन निर्माण सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष प्रेमहरी काफ्लेले जानकारी दिए ।
उनका अनुसार तत्कालीन नेत्रगञ्ज गाविसबाट रु ५० हजार, लालबन्दी नगरपालिकाबाट रु २० लाख, हरिवन नगरपालिकाबाट रु एक लाख, वाग्मती नगरपालिकाबाट रु दुई लाख ५० हजार, प्रदेश सरकारबाट रु पाँच लाख र केन्द्र सरकारबाट रु नौ लाख प्राप्त भएको थियो । यसैगरी प्याब्सनबाट रु एक लाख ५० हजार र व्यवसायीबाट गरी करिब पाँच लाखगरी कुल रु ४४ लाख ५० हजारको लागतमा सो भवन निर्माण भएको हो । कार्यालयका प्रमुख प्रहरी निरीक्षक केदारमान दोङ्गले नयाँ भवनबाट सेवा प्रवाहमा सहज भएको र भवन निर्माणमा सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
स्वास्थ्य बीमाको कभरेज बढाउन मुख्यमन्त्री सिंहको निर्देशन
पुष २, २०८१ मंगलबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार