सिभिल अस्पतालमा कोरोनाविरुद्धको खोप लगाउनेहरुको लाइन [ फाेटाेफिचर ]
नेपालबहस संवाददाता
बैशाख ७, २०७८ मंगलबार १९:५७:२०
७ वैशाख, काठमाडौं । कोरोना भाइरस ‘कोभिड-१९’ विरूद्धको पहिलो चरणको खोप लगाएकाहरुले मंगलबारदेखि दोस्रो चरणको खोप लगाउन सुरु गरेका छन् । खाेप लगाउनेकाे यतिबेला सिभिल अस्पतालमा लाइन नै लागेकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दोस्रो चरणको खोप वैशाख ७ गतेदेखि ११ गतेसम्म लगाइनेछ। यसअघि माघ १४ गतेदेखि फागुन १० गतेसम्ममा पहिलो चरणको खोप लगाएकाहरूलाई दोस्रो चरणको खोप लगाउन लागेको हो।यस्तै मन्त्रालयले दोस्रो चरणको खोप लगाउन जाँदा खोप कार्ड र आफ्नो परिचय खुल्ने कुनै अनिवार्य लिएर जान सुझाएको छ।
माघ १४, १५, १६, १७ र २६ गते खोप लगाएकाले वैशाख ७ गते, माघ १८, १९, २०, २१, र २७ गते लगाएकालाई वैशाख ८ गते र माघ २२, २३, २४, २८ र फागुन २ गते लगाएकालाई वैशाख ९ गते लगाउन मिति तोकेको छ। यस्तै माघ २९ र फागुन ३,४,५, ६ गते लगाउनेलाई वैशाख १० गते र माघ ३० र फागुन ७,८,९ र १० गते लगाउनेलाई ११ गते खोप लगाउन मन्त्रालयले अनुरोध गरेको छ।
खोप बिहान १० बजेदेखि ४ बजेसम्म लगाइनेछ। मन्त्रालयले सबै स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कूटनीतिज्ञ तथा कर्मचारीलाई आफू पायक पर्ने खोपकेन्द्रमा गइ खोप लगाउन आग्रह गरेको छ।
पहिलो खोप अभियानअन्तर्गत सरकारले भारत सरकारले अनुदानमा दिएको र खरिद गरेको ‘कोभिशिल्ड’ खोपको मात्रा दिएको थियो। खोप अभियान देशभर सञ्चालन हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
स्वास्थ्य मन्त्रालयले खोप लगाउन ताेकेकाे विभिन्न अस्पतालहरु:
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा
नेपालबहस संवाददाता
असार २३, २०८१ आइतबार
उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा
असार २३, २०८१ आइतबार
नयाँ सरकारलाई चुनौति दिने गरी नेपाल टेलिकममा एमडी नियुक्तिको तयारी
असार २३, २०८१ आइतबार
किसानलाई प्रोत्साहन गर्न हल गोरु वितरण
असार २४, २०८१ सोमबार
देशका विभिन्न स्थानमा रहेका ८० खानी खोजतलास गर्न अनुमति
असार २४, २०८१ सोमबार
पुरानै शैलीमा पुनःनिर्माण हुँदै लमजुङ दरबार
असार २४, २०८१ सोमबार
प्रतिनिधि सभाको बैठक आज पनि बस्दै
असार २४, २०८१ सोमबार
बेनीका विद्यार्थी सङ्ख्या कम भएका ७ विद्यालयको कक्षा घटुवा
असार २४, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार २४, २०८१ सोमबार