संक्रमित फेला परेसंगै इलाममा सतर्कता अपनाउन आग्रह
नेपालबहस संवाददाता
बैशाख ७, २०७८ मंगलबार २०:३७:२०
७ वैशाख,इलाम । इलाम– कोरोना भाइरसको दोस्रो चरणको सङ्क्रमण एक जनामा पुष्टि भएपछि इलामस्थित कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । सूर्योदय नगरपालिका–११ का ६२ वर्षीय एक पुरुषमा कोरोना पुष्टि भएको थियो । उनको झापाको विर्ता सिटी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ । सङ्क्रमित पुरुषको सम्पर्कमा पुगेका अन्य पाँच व्यक्तिको भने सोमबार स्वाब सङ्कलन गरिने जनाइएको छ ।
समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काको अध्यक्षतामा आइतबार बसेको बैठकले इलाम र झापाको सिमाना जोर कलशमा हेल्थ डेस्क राख्ने र इलाम प्रवेश गर्नेको स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेको छ । बैठकले सरकारले दोस्रो चरणमा शुरु गर्न लागेको कोभिड–१९ खोप यही वैशाख ७ गते देखि ११ गतेसम्म लगाउने निर्णय भएको प्रजिअ खड्काले जानकारी दिए ।
“इलाम सदरमुकाममा दोस्रो चरणको खोप लगाउने सङ्ख्या बढिरहेकाले वैशाख ७ देखि ११ गतेसम्म खोप लगाउने तयारी गरिएको छ”, प्रजिअ खड्काले भने, “अन्य पालिकामा वैशाख ८ र ९ गते खोप लगाइने छ ।” प्रजिअ खड्काका अनुसार यसपटकको अभियानमा पहिलो चरणमा खोप लगाउनेले मात्र दोस्रो चरणको खोप लगाउन पाउने छन् । गत माघ १४ देखि २४ सम्म र फागुन २ देखि ११ गतेसम्म खोप लगाउनेलाई यो दोस्रो चरणको खोप लगाइने छ ।
इलाम नगरपालिबाहेकका स्थानीय पालिकामा रहेका ४४ स्वास्थ्य चौकी र मङ्गलबारे, फिक्कल, पशुपतिनगर तथा प्याङ प्राथमिक स्वास्थ्य केन्द्रमा भने वैशाख ८ र ९ गते खोप लगाउने तयारी रहेको जिल्ला स्वास्थ्य कार्यालय इलामका कोभिड स्थानीय स्रोत व्यक्ति विमल बरालले जानकारी दिए । यता नेपाल–भारत आवतजावत गर्ने मुख्य नाका पशुपतिनगरमा भने स्वास्थ्य परीक्षण साथै एन्टिजेन र मलेरिया परीक्षणलाई कडाइ गरिएको छ । यस्तै सीमा नाकाबाट आउने सबै यात्रुको अनिवार्य रेकर्ड राख्न लगाउने र भारतबाट नेपाल प्रवेश गर्ने यात्रुको अनिवार्य स्वास्थ्य परीक्षण गरी शङ्कास्पद देखिएका व्यक्तिको कोभिडको एन्टिजेन परीक्षण र मलेरियाका लागि आरडिटी परीक्षण गर्ने काम भइरहेको प्रजिअ खड्काले जानकारी दिए ।
बैठकले स्यानिटाइजर, मास्कको प्रयोग, सामाजिक दूरी कायम राख्न र स्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न सबैलाई आग्रह गरेको छ । यसैबीच इलामको रोङ र माई नगरपालिकामा कोभिड अस्पताल पनि सञ्चालनमा आएका छन् । एक जना एमबिबिएस डाक्टरसहितको स्वास्थ्यकर्मीको टोली अस्पतालमा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
पुष्पामा अल्लु अर्जुनको पारिश्रमिक ३०० करोड, अरूको कति ?
मंसिर ३, २०८१ सोमबार
ईरासँग सम्बन्ध सुधार्न थेरापी लिँदैआमिर खान
मंसिर ३, २०८१ सोमबार
‘समाजमा बोक्सी छैन भन्ने सन्देश दिन अग्निदहन’
मंसिर ३, २०८१ सोमबार
मंसिर १५ गते ‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना
मंसिर ३, २०८१ सोमबार
विद्युत प्राधिकरणले काटेको बिलका आधारमा बक्यौता गणना गर्न सरकारले बनायो विज्ञ समिति
मंसिर ३, २०८१ सोमबार
झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच सहमति
मंसिर ३, २०८१ सोमबार