अनिश्चितकालका लागि बन्द भयो सुवेदीको ‘रजतपट र ग्ल्यामर गफ’
नेपालबहस संवाददाता
बैशाख ७, २०७८ मंगलबार २१:२८:१६
काठमाडौं । रंग पत्रकार प्रकाश सुवेदीले एपीवान टेलिभिजनमा संचालन गर्दै आएको ‘रजतपट र ग्ल्यामर गफ’ नामक मनोरञ्जनात्मक कार्यक्रम अनिश्चितकालका लागि स्थगित भएको छ । कार्यक्रम पटक पटक विवादित बनेपछि एपीवान बोर्डले कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरेको हो ।
सुवेदीले कार्यक्रममा प्रशारण गरेका सामग्रीहरु निके नै विवादित हुने गरेका छन् । उनले कार्यक्रम ‘रजतपट’ मा नायिका शिल्पा पोखरेलको बिषयमा एउटा समाचार प्रशारण गरेका थिए । सो रिपोर्ट प्रशारण भएसँगै शिल्पाले आफ्नो चरित्र हत्या भएको भन्दै एपीवानमा उजुरी दिएकी थिइन् । शिल्पाको उजुरी परेपछि एपीवान बोर्ड बैठकले शिल्पाको अन्तरवार्ता बाहेक उनीसँग सम्बन्धित अरु कुनै पनि रिपोर्ट प्रशारण नगर्न सुवेदीलाई पत्र काटेको थियो ।
तर, सुवेदीले नै संचालन गर्दै आएका अर्को कार्यक्रम ‘ग्ल्यामर गफ’मा निर्माता छविराज ओझालाई ल्याएका थिए । त्यसपछि शिल्पाले कार्यक्रम नै बन्द गर्नुपर्ने भन्दै उजुरी दिएकी थिइन् ।
सुवेदीले यसअघि पनि कार्यक्रममा नायिका पूजा शर्मालाई लक्षीत गर्दै टिप्पणी गरेका थिए भने नायिका स्वस्तिमा खड्का र उनका श्रीमान् निश्चल बस्नेतमाथि पनि टिप्पणी गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
फिल्म 'ह्रस्व दीर्घ' भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं : नीता ढुंगाना
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार