४६ वटा प्रहरी चौकी निर्माण गर्दै वाग्मती प्रदेश
नेपालबहस संवाददाता
बैशाख ७, २०७८ मंगलबार २३:३४:४९
७ वैशाख,मकवानपुर । वाग्मती प्रदेशको उपत्यकाबाहेक १० जिल्लाको शान्तिसुरक्षा सुव्यवस्थित तुल्याउने उद्देश्यले प्रदेश सरकारकोतर्फबाट ४६ वटा प्रहरी चौकी भवन निर्माण गर्ने क्रममा हाल ३४ भवनको निर्माण कार्य सम्पन्न भएको वाग्मती प्रदेश, आन्तरिक मामिला तथा कानून मन्त्रालयले आज जनाएको छ । मन्त्रालयले बाँकी १४ वटा प्रहरी चौकीको भवन यसै चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा निर्माण कार्य सम्पन्न गरी सम्बन्धित जिल्ला प्रहरी कार्यालयलाई हस्तान्तरण गर्ने लक्ष्य रहेको पनि जनाएको छ ।
प्रदेशको १० वटा जिल्लामा ४६ वटा प्रहरी चौकी, इलाका प्रहरी कार्यालय भवन निर्माणका क्रममा वाग्मती प्रदेश, आन्तरिक मामिला तथा कानून मन्त्रालयकोतर्फबाट रु ९३ करोड २२ लाख ७३ हजार रकम विनियोजित गरिएको मन्त्रालयका प्रवक्ता पेशल पोखरेलले जानकारी दिए । मन्त्रालयका सचिव मदन भुजेलले प्रदेशको विभिन्न जिल्लाको संवेदनशील शहरमा अत्याधुनिक प्रविधिको सिसिटिभी जडान गर्ने क्रममा सो मन्त्रालयले बोलपत्र आह्वान गरिसकिएको बताए ।
उनले प्रदेशको सिन्धुली, चितवनको नारायणगढ–मुग्लिङ, धादिङको नौबिसे, मकवानपुरको हेटौँडा र चुरियामाई, काभ्रेको धुलिखेल, नुवाकोटको ककनी (त्रिशूली) क्षेत्रमा सिसिटिभी जडान गर्ने क्रममा पूर्वाधार निर्माण भइरहेको स्पष्ट पारे । सचिव भुजेलले चालू आर्थिक वर्षको असार मसान्तभित्रै प्रदेशको १० जिल्लामा थप २१ प्रहरी चौकी भवन निर्माण कार्य अन्तिम चरणमा पुग्ने र असारको पहिलो हप्तामा सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा उक्त भवन हस्तान्तरणका लागि तयारी भइरहेको जानकारी दिए ।
अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा रामेछापको एक स्थानीय तहमा आपसी जग्गाका विषयमा विवाद हुँदा एउटा इलाका प्रहरी कार्यालय भवनको निर्माण कार्य अहिले स्थगन राखिएको छ । उनले प्रदेशको जिल्लाको ग्रामीण भेगमा लागुऔषधका दुव्र्यसनीलाई जनचेतनामार्फत पुर्नजीवनमा फर्काउने प्रयासस्वरुप प्रदेशको विभिन्न शहर र गाउँमा क्रमशः स्वास्थ्यको मापदण्ड अपनाइ सडक नाटक प्रदर्शन भइरहेको बताए ।
मकवानपुर र चितवनमा सडक नाटक प्रदर्शन हुन बाँकी रहेकाले कोभिड–१९ सङ्क्रमणको अवस्थालाई हेरी केही हप्ता पछाडि दुव्र्यसनी प्रभावित क्षेत्रमा सडक नाटक प्रदर्शन गर्ने तयारी भइरहेको छ । सचिव भुजेलले प्रदेशको विभिन्न जिल्लामा सञ्चालित विद्युतीय रेडियो, टेलिभिजन र अनलाइन मिडियालाई पनि मन्त्रालयकोतर्फबाट प्रत्यक्ष अनुगमन गरी रेडियो टेलिभिजनको नवीकरण, दर्ता र विज्ञापनको अनुगमन गरी सम्बन्धित निकायलाई निर्देशित गर्ने र नेपाल पत्रकार महासङ्घमार्फत पत्रकारको वृत्तिविकास र व्यावसायिक पत्रकारितालाई प्रवद्र्धन गर्ने कार्यमा अहिले विचार विमर्श भइरहेको स्पष्ट पारे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशसभाको अधिवेशन अन्त्य
असोज १६, २०८१ बुधबार
माडीका गाईमा ‘क्यू फिवर’ पुष्टि !
असोज १६, २०८१ बुधबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
बजारमा खसीबोका चिन्नु, हरियो संकेत भएको किन्नु
असोज २०, २०८१ आइतबार
राष्ट्रपतिबाट नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ
असोज २०, २०८१ आइतबार
हमासको आक्रमणको एक बर्षको पूर्वसन्ध्यामा इजरायलमा सुरक्षा सावधानी
असोज २०, २०८१ आइतबार
कुमारी बैंकको गैडाकोटमा उद्यमी प्रशिक्षण सम्पन्न
असोज २०, २०८१ आइतबार
आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा निर्माण व्यवसायी विकास परिषद्को एक करोड सहयोग
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा एमालेले गर्यो ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
राहत तथा पुनः निर्माणका लागि सरकारलाई कांग्रेसको ३४ सुझाव, राहत कोषमा ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
५६ अंकले बढेर २६५३ विन्दुमा उक्लियो नेप्से, ६ अर्ब १३ करोडको शेयर खरिदबिक्री
असोज २०, २०८१ आइतबार