जनकपुरधाममा रामको जन्मजयन्ती हर्षोल्लास साथ मनाइँदै
नेपालबहस संवाददाता
बैशाख ८, २०७८ बुधबार १७:३७:३२
८ वैशाख,जनकपुरधाम । मर्यादा पुरूषोत्तम भगवान रामको जन्मजयन्ती आज जनकपुरधाममा श्रद्धा एवं हर्षोल्लास साथ मनाइँदै छ । रामको प्रेमभूमि र ससुराली, सीताको जन्मभूमि जनकपुरधामको प्राचीन राम मन्दिरमा आयोजित जन्मजयन्तीमा श्रद्धालु र साधुसन्तको सहभागिता रहेको छ भने सो परिसरमा श्रद्धालुद्वारा भजन, कीर्तनका साथै मिथिलाञ्चलमा जन्म संस्कारमा गाइने गीतले वास्तविक जन्मोत्सव झैँ अनुभति भइरहेको छ ।
राम मन्दिरका महन्त राम गिरि कोरोना त्रासका कारण विगतभन्दा यसपटक श्रद्धालुको उपस्थिति कम भएको बताउछन् । कोरोना संक्रमणको जोखिमलाई दृष्टिगत गर्दै सहभागीले श्रद्धालु सरकारद्वारा जारी स्वास्थ्य मापदण्ड अपनाएर नै पूजा अर्चना गरिरहेको उनको भनाइ छ ।
त्रेता युगमा चैत शुक्ल नवमीका दिन रामको जन्म भएको शास्त्रमा उल्लेख छ र सोही दिनलाई रामनवमी भनिन्छ । भगवान राम सूर्यवंशी क्षत्रीय राजकूलका ६१औँ पुस्ताका राजा मानिन्छन् । उनी महाराजा दशरथका जेठा छोरा थिए । राम शब्द रम् धातुबाट बनेको हो जसको अर्थ क्रीडा, खेल र आनन्द हो । विद्वानहरूले यसलाई विभिन्न प्रकारले अर्थ लगाए पनि रामको अलौकिक सौन्दर्यमा जीव मात्रलाई रमाउने जुन क्षमता छ, त्यसैकारण भगवानको नाम राम परेको हो भनिन्छ ।
राम परब्रम्ह, परम तप, परम तारक ब्रम्ह भएको विश्वासका आधारमा मानिसले आफ्ना सन्तति र ठाउँको नामसमेत राम राखेको पाइन्छ । यस सन्दर्भमा महर्षि वैदिक विश्वविद्यालयमा गरिएको एक शोधमा विश्वमा रामको नाम जोडिएका एक हजारभन्दा बढी शहरको नाम पत्ता लागेको छ । धार्मिक ग्र्रन्थहरूमा शिवको रामभक्ति, हनुमान, नारद, अत्रि, अनुसुइया, भरत, शबरी आदिको रामभक्ति एवं उपासना अद्वितीय रहेको छ ।
कल्याण स्वरूप, सत्य स्वरूपका रूपमा पूजा गरिने राम पुण्य र मोक्षदायकको रुपमा अथ्र्याउने गरिन्छ । राम शब्द स्वयम्मा सच्चिदानन्द शन्द पनि हो । रामनवमी व्रत जसले गर्छ, उसले सम्पूर्ण पाप नाश गरी सिद्धि पाउँछ भनी विभिन्न शास्त्रमा वर्णन गरिएको छ । विश्वका महापुरूषको परम्परामा राम एक मात्र मर्यादा पुरूषोत्तम हुन् भन्ने उनको राज्य व्यवस्था र आदर्श लोकतन्त्रका लागि प्रेरणाको स्रोत मानिन्छ ।
आज पनि सुशासन, सुव्यवस्था आदि लोककल्याण्कारी आदर्श व्यवस्थाका लागि शास्त्रीय गुणलाई एउटै शब्दमा प्रष्ट अभिव्यक्ति दिन रामराज्य शब्दलाई पूर्ण मानिएको छ । अझ देशभक्ति, पितृभक्ति, मातृभक्ति, भातृप्रेम, प्रजावत्सल, सरलता, सहिष्णुता, धार्मिकता, नैतिकता, क्षमाशीलता, वीरताका उदाहरण दिँदा पनि रामलाई नै सम्झिने गरिएको छ ।
जन्मजयन्तीका अवसरमा प्रदेश–२ सरकारले सार्वजनिक बिदा दिएको छ भने स्थानीय प्रशासनबाट सहभागीहरुलाई स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरिएको छ । सामाजिक अभियन्ता भगवान झा यसपटक कोरोनाकै कारण साधुसन्तुका सहभागिता पनि निकै कम रहेको बताउछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने
जेठ ४, २०८१ शुक्रबार
मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै
जेठ ४, २०८१ शुक्रबार
जग्गा विवादको क्रममा कोदालोले प्रहार गर्दा एक जनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
ताप्लेजुङमा टपरी गाँस्ने प्रतियोगिता
जेठ ४, २०८१ शुक्रबार
काठमाडौँमा ‘न्यूयोर्क राइटर्स वर्कसप’ र ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै
जेठ ४, २०८१ शुक्रबार
गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुईजनाको मुत्यु
जेठ ४, २०८१ शुक्रबार
बागमती प्रदेशसभाका चारवटा समिति सभापतिमा मनोनयन दर्ता
जेठ ४, २०८१ शुक्रबार
‘विद्युतीय सवारीसाधनको प्रयोग बढाउन आवश्यक’
जेठ ४, २०८१ शुक्रबार
लागुऔषधको कुलतबाट विद्यार्थी जोगाउन अभियान
जेठ ४, २०८१ शुक्रबार