कन्सुलर सेवा विभागमा लिखत प्रमाणीकरणको नयाँ व्यवस्था
नेपालबहस संवाददाता
बैशाख ८, २०७८ बुधबार १७:४८:७
८ वैशाख,काठमाडौं । कन्सुलर सेवा विभागले लिखतहरूको प्रमाणीकरणका लागि सङ्केत नम्बरसहितको फाराम वितरण प्रारम्भ गरेको छ । कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले सरकारको गत सोमबारको निर्णयअनुसार विभागले आजदेखि त्यस्तो व्यवस्था गरेको हो ।
परिसरमा सेवाग्राहीको भीड हुन नदिन तथा सहजरुपमा सेवा प्रवाह गर्न विभागले एकपटकमा २५ जना सेवाग्राहीलाई सङ्केत नम्बरसहितको फाराम वितरण गरी त्यसैअनुसार उनीहरूलाई प्रमाणीकरणका निम्ति अनुमति दिने व्यवस्था मिलाइएको विभागका निर्देशक धनबहादुर ओलीले बताए ।
यही वैशाख १२ गतेदेखि प्रमाणीकरणको समय बिहान ८ बजेदेखि अपराह्न ५ बजेसम्म निर्धारण गरिएको छ । सङ्केत नम्बर पाएका सेवाग्राहीलाई आफ्नो नम्बरअनुसार विभागमा उपस्थित हुने व्यवस्था मिलाइएको उनले बताए । सेवाग्राहीलाई सङ्केत नम्बर हरेक दिन बिहान ८ देखि २ बजेसम्म उपलब्ध गराइनेछ ।
नेपाल प्रहरीबाट जारी हुने प्रहरी प्रतिवेदन बिना प्रमाणीकरण पेश गर्न सकिने व्यवस्था विभागले गत जेठ १८ गते काठमाडौँस्थित विदेशी नियोगहरूलाई पत्राचार गरेर मिलाइसकेकाले प्रतिवेदन प्रमाणीकरणका निम्ति विभागमा आवेदन गर्नुनपर्ने तर उक्त प्रतिवेदन निवेदक स्वयंले ‘अनलाइन’ बाटै रङ्गीनप्रति छापेर नियोगमा बुझाउनुपर्ने निर्देशक ओलीले बताए ।
सेवाग्राहीले वैदेशिक रोजगारीमा जानका निम्ति प्रहरी प्रतिवेदन प्रमाणीकरण गराउनुपर्ने भएमा सम्बन्धित वैदेशिक रोजगार व्यवसायीमार्फत पठाउन सकिने प्रबन्ध गरिएकाले विभागले अतिआवश्यक भएमा मात्र स्वयं विभागमा उपस्थित भई दस्तावेज प्रमाणित गराउन आग्रह गरेको छ । विदेशस्थित नेपाली नियोगमा प्रहरी प्रतिवेदन पेश गर्दा विभागबाट प्रमाणीकरण गर्नुनपर्ने व्यवस्था पनि मिलाइएको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशसभाको अधिवेशन अन्त्य
असोज १६, २०८१ बुधबार
माडीका गाईमा ‘क्यू फिवर’ पुष्टि !
असोज १६, २०८१ बुधबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
बजारमा खसीबोका चिन्नु, हरियो संकेत भएको किन्नु
असोज २०, २०८१ आइतबार
राष्ट्रपतिबाट नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ
असोज २०, २०८१ आइतबार
हमासको आक्रमणको एक बर्षको पूर्वसन्ध्यामा इजरायलमा सुरक्षा सावधानी
असोज २०, २०८१ आइतबार
कुमारी बैंकको गैडाकोटमा उद्यमी प्रशिक्षण सम्पन्न
असोज २०, २०८१ आइतबार
आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा निर्माण व्यवसायी विकास परिषद्को एक करोड सहयोग
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा एमालेले गर्यो ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
राहत तथा पुनः निर्माणका लागि सरकारलाई कांग्रेसको ३४ सुझाव, राहत कोषमा ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
५६ अंकले बढेर २६५३ विन्दुमा उक्लियो नेप्से, ६ अर्ब १३ करोडको शेयर खरिदबिक्री
असोज २०, २०८१ आइतबार