मौसमले साथ दिए भोलि राति उल्का वर्षाको दृश्य देख्न सकिने
नेपालबहस संवाददाता
बैशाख ८, २०७८ बुधबार २०:२०:८
८ वैशाख, काठमाडौं । मौसमले साथ दिएको खण्डमा भोलि बिहीबार राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिने भएको छ।नेपाल एष्ट्रोनोमिकल सोसाइटी ‘नासा’ का अनुसार वैशाख ३ देखि सक्रिय भएको वीणा उल्का वर्षा ‘लाइरिड मिटियोर सावर’ वैशाख १७ गतेसम्म सक्रिय रहनेछ।
वैशाख ९ गते राति ११ बजेदेखि ११ गते सूर्योदयसम्मको समयमा उल्का वर्षा देख्न सकिनेछ। अत्यधिक सक्रियताको समयमा प्रतिघन्टा १५–२० वटा उल्का खसेको देख्न सकिने नासोले जनाएको छ। थ्याचर नामक पुच्छ्रेताराले छोडेका धुलोका कणहरु पृथ्वीको वायुमण्डलमा घर्षण भई जलेर नष्ट हुँदा उल्का वर्षा देखिने नासोका अध्यक्ष सुरेश भट्टराई बताउँछन।
थ्याचर पुच्छ्रेताराले सूर्यको एक परिक्रमा लगाउन ४१५ वर्ष लगाउँछ। पुच्छ्रेतारा वा धुम्केतुहरुले सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो कक्षमा धूलोका कणहरु छोड्ने गर्छन् जुन लाखौं किलोमिटरसम्म फैलिन सक्छन्।
यसरी फैलिएका धूलोका कणहरुले सूर्यलाई परिक्रमा गरिरहेको हुन्छ। परिक्रमा गर्ने क्रममा जब यी कणहरु पृथ्वीको वायुमण्डलमा ठोकिन्छन्, तब उल्का देखिन्छ। यस्तो दृश्यमा १० वा सोभन्दा बढी उल्का देखिएमा त्यस्तो घटनालाई उल्का वर्षा भन्ने गरिन्छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगुगलले आफ्ना कर्मचारीलाई किन भन्यो सबै प्रमाण नष्ट गर्नु ?
मंसिर ६, २०८१ बिहिबार
आईटी उद्योगमार्फत रोजगार सिर्जना गर्न सकिन्छ : सञ्चारमन्त्री गुरुङ
कात्तिक २९, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार