बागलुङको तीन वडामा दश दिन बन्दको घोषणा
नेपालबहस संवाददाता
बैशाख ८, २०७८ बुधबार २०:४२:४८
८ वैशाख,बलेवा । विद्यालय र समुदायमा ठुलो सङ्ख्यामा कोरोना संक्रमण पुष्टि भएपछि बागलुङको बलेवा क्षेत्र दश दिनका लागि बन्दाबन्दीको घोषणा गरिएको छ ।
मङ्गलबार बागलुङ नगरपालिका–१४ नारायणस्थानको जनताधन माविका १९ विद्यार्थीसहित सोही विद्यालय आसपास समुदायका शङ्कास्पद बिरामीको जाँच गर्दा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यसअघि सोही विद्यालयका दुई शिक्षकमा कोरोना सङ्क्रमण देखापरेको थियो । विद्यालयमा अघिल्लो शुक्रबारदेखि नै पठनपाठन बन्द गरिएको छ ।
मङ्गलबार बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले मङ्गलबार रातिदेखि लागु हुनेगरी बन्दाबन्दी घोषणा गरेको हो । बागलुङ नगरपालिका–१४ नारायणस्थाल, वडा नं.१२ अमलाचौर र वडा नं.१३ पैञ्युपाटामा दश दिनका लागि बन्दाबन्दीको घोषणा गरिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख तथा जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिका स्रोत व्यक्ति सुरज गुरौले जानकारी दिए । समितिको सिफारीसमा जिल्ला प्रशासन कार्यालय बागलुङले बन्दाबन्दी घोषणा गर्नेछ । बन्दाबन्दीको समयमा सङ्क्रमितको सम्पर्कमा रहेकाको खोजी र उपचार गर्न सहज हुने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाढीपहिरो प्रभावितलाई गण्डकी प्रदेशले ५० लाख सहयोग गर्ने
असोज १७, २०८१ बिहिबार
व्यासमा चौबीसै घण्टा आपत्कालीन केन्द्र तयारी अवस्थामा
भदौ ३०, २०८१ आइतबार
बागलुङमा घर भत्काउने क्रममा एकको मृत्यु, ११ जना घाइते
भदौ २९, २०८१ शनिबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
बजारमा खसीबोका चिन्नु, हरियो संकेत भएको किन्नु
असोज २०, २०८१ आइतबार
राष्ट्रपतिबाट नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ
असोज २०, २०८१ आइतबार
हमासको आक्रमणको एक बर्षको पूर्वसन्ध्यामा इजरायलमा सुरक्षा सावधानी
असोज २०, २०८१ आइतबार
कुमारी बैंकको गैडाकोटमा उद्यमी प्रशिक्षण सम्पन्न
असोज २०, २०८१ आइतबार
आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा निर्माण व्यवसायी विकास परिषद्को एक करोड सहयोग
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा एमालेले गर्यो ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
राहत तथा पुनः निर्माणका लागि सरकारलाई कांग्रेसको ३४ सुझाव, राहत कोषमा ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
५६ अंकले बढेर २६५३ विन्दुमा उक्लियो नेप्से, ६ अर्ब १३ करोडको शेयर खरिदबिक्री
असोज २०, २०८१ आइतबार