विराटनगरमा मानव सेवा आश्रमको भवन शिलान्यास
नेपालबहस संवाददाता
बैशाख ८, २०७८ बुधबार २१:९:९
८ वैशाख,मोरङ । सडक जीवन बिताइरहेका सहयोगापेक्षीलाई उचित बसोबासका लागि मानवसेवा आश्रमले आज विराटनगर–५ मा तीन भवनको निर्माणको शिलान्यास गरेको छ । कविर सेवा आश्रमले मानवआश्रममा सहयोगापेक्षीलाई व्यवस्थित बसोबास गर्नका लागि उपलव्ध गराएको छ कठठ जग्गामा आगामी एक वर्षभित्र भवन निर्माण हुनेछ । उक्त स्थानमा रु २२ करोडका लागतमा ५५ कोठाका तीन भवन निर्माण गरिने छ जसका नाम बालगोपाल, लक्ष्मी र नारायण राखिने छ ।
मिस वल्र्ड नेपाल शृङ्खला खतिवडा संलग्न रहेको गाथा डिजाइन समूहले २७ हजार वर्ग फिट रहने गरी भवनको नक्शा निर्माण गरेको हो । प्रदेश नं १ सरकार, सामाजिक विकास मन्त्रालय, विराटनगर महानगरपालिका, मोरङ र सुनसरीका उद्योगपति, व्यापारी र नागरिक समाजले उक्त भवन निर्माणका लागि आवश्यक पर्ने रकम व्यवस्था गर्ने छन् ।
यसैगरी महानगरपालिकाका प्रमुख भीमप्रसाद पराजुलीलगायत विभिन्न उद्योगपति, नागरिक समाजलगायत अन्य गण्यमान्यले व्यक्तिगतरुपमा एकएक कोठाका लागि रु एक करोड ७४ लाख सहयोग गरी ३४ कोठा निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । महानगरका प्रमुख पराजुली र उपप्रमुख इन्दिरा कार्की, कविर आश्रमका जग्गादाता सुशीला खड्का, मानवसेवा आश्रमका संयोजक रामजी अधिकारीलगायतले संयुक्त रुपमा भवनको छ स्थानमा शिलान्यास गरेका थिए ।
सो अवसरमा महानगर प्रमुख पराजुलीले सहयोगापेक्षीको बाँकी जीवन सुखमय बनाउन आश्रम निर्माणले सहयोग पु¥याएको धारणा राखे । सामाजिक विकास मन्त्रालय सचिव गोविन्दबहादुर कार्की, कलाकार दीपाश्री निरौला, मनोज गजुरेल, आनीछोइङ डोल्मा, पूर्वप्रहरी अधिकृत रमेश खरेललगायतले सडकमा खाना, छाना र नानाविना जीवनयापन गरिरहेका सहयोगापेक्षीलाई सम्मानपूर्वक बसोबासको व्यवस्था गर्न लागिएमा खुशी व्यक्त गरे । यसैगरी आश्रम निर्माणका लागि विराट व्यापार संघले रु दुई लाख ५० हजार तथा ११ जनाले रु एक लाख ११ हजार १११ का दरले आश्रमको वार्षिक भोजनको आजीवन सदस्यता दिइसकेको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाथीसँग फुटबल खेलेर फर्कने क्रममा खोलाले बगाउँदा दुई बेपत्ता
असार १३, २०८१ बिहिबार
बाढी पसेर बन्द भएको विराटनगर विमानस्थल खुल्यो
असार १२, २०८१ बुधबार
बाढी बस्तीमा पसेपछि विराटनगरमा ५ सय बढी घर डुबानमा, वडा नं ६ धेरै प्रभावित
असार १२, २०८१ बुधबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
असार १६, २०८१ आइतबार
नेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
युरोकपमा आज फ्रान्स र बेल्जियम खेल्दै
असार १७, २०८१ सोमबार
प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे ओली
असार १७, २०८१ सोमबार
खुट्टाले लेखेर एसइई उत्तीर्ण भएका उमेश खत्री
असार १७, २०८१ सोमबार
फ्रान्समा पहिलो चरणको मतदानमा राष्ट्रपति म्याक्रोनको दल तेस्रो स्थानमा
असार १७, २०८१ सोमबार
पहिरोले पुरिँदा ५ वर्षीय बालकको मृत्यु
असार १७, २०८१ सोमबार
भेनेजुएला र इक्वेडर कोपा अमेरिकाको क्वाटरफाइनलमा
असार १७, २०८१ सोमबार