रारामा पर्यटन प्रर्वद्धनका लागि सरसफाइमा ध्यान दिन सरकारलाई सुझाव
नेपालबहस संवाददाता
बैशाख ८, २०७८ बुधबार २२:२४:४१
८ वैशाख,काठमाडौं । संसदीय समितिले मुलुककै प्रमुख पर्यटकीय गन्तव्य रारा तालको सौन्दर्यलाई कायम राख्दै पर्यटक प्रवद्र्धनका कार्यक्रमलाई तीव्र विकास गर्न सरकारलाई सुझाव दिएको छ । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिले हालै त्यस क्षेत्रमा गरेको अध्ययन भ्रमणपछि तयार गरिएको प्रतिवेदनमाथि सुझाव दिँदै सांसदले रारा पुुग्ने जो कोही मनोरम दृश्यबाट अति सन्तुष्टि प्राप्त गरेपनि वसोवासका लागि होटल प्रबन्ध र सरसफाइको पाटो कमजोर रहेकै कारण भ्रमण फिक्का हुुन सक्नेतर्फ समयमै विचार पुु¥याउन आवश्यक धारणा व्यक्त गरे ।
सभापति पवित्रा निरौलासहितको संसदीय टोलीले गत चैत १५ देखि १७ गतेसम्म पर्यटकीयस्थल बर्दिया राष्ट्रिय निकुुञ्ज र रारा ताल क्षेत्रको अवलोकन भ्रमण गरेको थियो । भ्रमणका क्रममा टोलीले त्यस क्षेत्रका जैविक विविधता, धार्मिक तथा सांस्कृतिक सम्पदा, पर्यटन विकासका सम्भावना र चुनौतीबारे स्थानीय जनप्रतिनिधि, नागरिक समाज र उपलब्ध सरकारी निकायका पदाधिकारीसँग छलफल र अन्तरक्रिया गरेको थियो ।
पछिल्ला समयमा रारा क्षेत्रको अवलोकन गर्न जाने अन्तरिक पर्यटक सङ्ख्या ह्वात्तै बढेकाले होटलका सीमित कोठा अपर्याप्त भएको तथा पर्यटकले प्रयोग गरेका खाद्य पदार्थका खोल, प्लाष्टिक, पानी र वियरका बोतल यत्रतत्र छरिएका अवस्थामा पाइएको समितिको प्रतिवेदनमा उल्लेख छ ।
मुगुको छाँयानाथ नगरपालिकास्थित रारा ताल समुुद्र सतहबाट दुुई हजार ९९० मिटरको उचाइमा रहेको नेपालको सबैभन्दा ठूलो ताल हो । पाँच किमी लम्बाई र तीन किमी चौडाइको उक्त ताल १६७ मिटर गहिरो छ । हिँउद्मा बसाइ सरी आउने चराको लागि एक महत्वपूर्ण बासस्थानको रुपमा यो ताल परिचित छ । विश्वमा अन्त कतै नपाइने कालो असला माछाका लागि तालले ख्याती कमाएको छ । ताल वरपरको भूूभागलाई समेटेर सरकारले रारा राष्ट्रिय निकुञ्ज घोषणा गरेको छ ।
निकुुञ्जमा गोब्रेसल्ला, धुपी, भोजपत्र, लाली गुँरास, पाँचऔँले, ओखरजस्ता वनस्पति र डाँफे, मुनार चीर कालिज जस्ता जराका साथै कस्तुुरी मृग, हिमाली कालो भालुु, घोरल, रातो पाण्डा, थार बँदेलजस्ता स्तनधारी जन्तु पाइन्छ ।
होटलका कोठा, शौचालय अव्यवस्थित मात्र होइन, दुर्गन्धित रहेको, बिजुली बत्तीको अभावले पर्यटकले असहज महसूस गरेका तथा भान्छालगायत सुत्ने कोठामा पनि सरसफाइको पाटो निकै कमजोर देखिएको प्रतिवेदनको प्रारम्भिक मस्यौदामा उल्लेख छ । बैठकमा सांसद सुरेन्द्र कार्कीले सफा रारा, हरियाली रारा नाम दिएर पर्यटन प्रवद्र्धनका लागि अनेकौँ कार्यक्रम सञ्चालन गरिएका र कतिपय कार्यक्रमले त्यस क्षेत्रका जनताको आत्मनिर्भर अर्थतन्त्रलाई कमजोर तुल्याएर परनिर्भर तुल्याएको बताए ।
काठमाडौँसँग सम्पर्क जोड्ने निकुुञ्ज क्षेत्रका कर्मचारीको व्यवहार स्थानीय नागरिकमैत्री नरहेको तथा निकुञ्ज घोषणा गर्ने क्रममा हटाइएका स्थानीयलाई राज्यले अझै सम्बोधन गर्न नसकेको उनले धारणा राखे ।
सांसद दिव्यराज राजभण्डारीले रारालगायत समग्र कर्णालीलाई सम्पन्न तुल्याउन सबैभन्दा पहिला त्यहाँको महत्वबारे सूसूचीत गर्न तालीम र आयआर्जनका कार्यक्रम बनाउन आवश्यक विचार प्रकट गरे । समिति सदस्य सुजाता कोइरालाले कर्णालीको जैविक विविधता र वातावरण सन्तुलित तुल्याउने कार्यमा राज्यले विशेष ध्यान पु¥याउन आवश्यक रहेको बताए ।
बैठकमा सांसद मोहन बानियाँ, नारदमुनी राना, पुष्पा भुसाल, शेखचाँद तारालगायतले रारा र बर्दिया राष्ट्रिय निकुञ्ज त्यस क्षेत्रको मात्र होइन, मुलुककै प्रमुख पर्यटन गन्तव्य र निधि भएकाले राज्यले यसको विकासका लागि विशेष कार्यक्रम घोषणा गर्नुपर्ने भनेका थिए ।
कोभिड–१९ सङ्क्रमण महामारीको जोखिम बढेसँगै विश्वमा हर्वलको माग ह्वातै बढेको सन्दर्भमा नेपालमा जुुडीबुुटीका खानीका रुपमा रहको कर्णाली क्षेत्रबाट राज्यले लाभ लिन सक्ने प्रशस्तै सम्भावना रहेको उहाँहरुको भनाइ थियो । अध्ययन टोलीले रारा र बर्दिया राष्ट्रिय निकुुञ्जबारे तयार गरेको प्रारम्भिक प्रतिवेदनमा सांसदले दिएका सुुझाव समेटेर आगामी बैठकमा प्रस्ताव पेश गर्न समितिले सचिवालयलाई निर्देशन दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएघार महिनामा १० लाख ५५ हजार विदेशी पर्यटक भित्रिए
मंसिर १६, २०८१ आइतबार
११ महिनामा १० लाख ५५ हजार बढी पर्यटकले नेपाल भ्रमण गरे, ११ हजार अमेरिकन आए
मंसिर १६, २०८१ आइतबार
कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको ताँती
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
रवि लामिछानेको आज सकिएन बयान, भोलि पनि हुने
मंसिर १६, २०८१ आइतबार
उत्कृष्ट शिक्षा प्रदान गर्ने शिक्षिका सम्मानित
मंसिर १६, २०८१ आइतबार
नेत्रहिन विश्वकप क्रिकेटः सेमिफाइनलमा नेपाल पाकिस्तानसँग पराजित
मंसिर १६, २०८१ आइतबार
साहारा चितवनको रकम ठगीबारे बयान गराउन छविलाल जोशीलाई चितवन पुर्याइयो
मंसिर १६, २०८१ आइतबार
एघार महिनामा १० लाख ५५ हजार विदेशी पर्यटक भित्रिए
मंसिर १६, २०८१ आइतबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार