कोरोना खोप लगाए चन्द्रागिरि केबलकारमा २५ प्रतिशत छुट
नेपालबहस संवाददाता
बैशाख ८, २०७८ बुधबार २३:२६:२७
८ वैशाख, काठमाडौं । चन्द्रागिरि हिल्स प्रालिले कोभिड–१९ विरुद्धको खोप लगाएर केबलकार चढ्ने यात्रुलाई २५ प्रतिशत सहुलियत दिने भएको छ । चन्द्रागिरि हिल्सले कोभिड–१९ विरुद्धको लडाइँमा ऐक्यबद्धता जनाउँदै सचेतना अभिवृद्धि गर्ने योजनाका साथ उक्त सहुलियत अगाडि ल्याएको हो ।
हिल्सका महाप्रबन्धक अभिषेकविक्रम शाहले उच्च स्वास्थ्य सुरक्षा सतर्कता अवलम्बनमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ यो योजना लागू गरिएको जानकारी दिनुभयो । हाल चन्द्रागिरि केबलकारमा चन्द्रागिरि हिल्स जान तथा आउनका लागि रु ७०० लिइँदै आएकामा कोभिड–१९ सुई लगाएकालाई भने २५ प्रतिशत सहुलियत दिने व्यवस्था मिलाइएको महाप्रबन्धक शाहको भनाइ छ ।
लामो समयको बन्दाबन्दीपछि स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्डलाई पालना गर्दै सञ्चालनमा आएको चन्द्रागिरि हिल्सले भौतिक दूरी, स्यानिटाइजर र माक्सको प्रयोगलाई अनिवार्यरुपमा लागू गरेको छ । चन्द्रागिरि केबलकारमा हाल १५० कर्मचारी कार्यरत छन् । सबै कर्मचारीले पहिलो चरणको कोरोना सुई लगाइसकेको महाप्रबन्धक शाहले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएघार महिनामा १० लाख ५५ हजार विदेशी पर्यटक भित्रिए
मंसिर १६, २०८१ आइतबार
११ महिनामा १० लाख ५५ हजार बढी पर्यटकले नेपाल भ्रमण गरे, ११ हजार अमेरिकन आए
मंसिर १६, २०८१ आइतबार
कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको ताँती
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
उत्कृष्ट शिक्षा प्रदान गर्ने शिक्षिका सम्मानित
मंसिर १६, २०८१ आइतबार
नेत्रहिन विश्वकप क्रिकेटः सेमिफाइनलमा नेपाल पाकिस्तानसँग पराजित
मंसिर १६, २०८१ आइतबार
साहारा चितवनको रकम ठगीबारे बयान गराउन छबिलाल जोशीलाई चितवन पुर्याइयो
मंसिर १६, २०८१ आइतबार
एघार महिनामा १० लाख ५५ हजार विदेशी पर्यटक भित्रिए
मंसिर १६, २०८१ आइतबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
छत्तीसगढ–तेलंगाना सीमामा भएको मुठभेडमा सात संदिग्ध माओवादी लडाकूको मृत्यु
मंसिर १६, २०८१ आइतबार