पाकिस्तानकमा चिनियाँ राजदूत नोङ रोङ लक्षित बम आक्रमण
नेपालबहस संवाददाता
बैशाख ९, २०७८ बिहिबार १३:५२:४०
९ वैशाख, काठमाडौं । पाकिस्तानका लागि चिनियाँ राजदूत नोङ रोङको हत्या प्रयास भएको छ । राजदुत नोङ रोङ बसेको हुन सक्ने आशंकामा क्वाटा शहरको एक आरामदायी होटलमा विस्फोट गराइएको छ । बिस्फोट हुँदा कम्तिमा चार जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।
उनको हत्या गर्न क्वेटा शहरस्थित मशहुर सेरेना होटेलमा बलूच पृथकतावादी सशस्त्र समूहले बम विस्फोट गएको हो। घटनाको जिम्मेवारी भने पाकिस्तानी तालिवानले लिएको छ।
विस्फोटका बेला क्वेटा शहरमै भएपनि चिनियाँ राजदूत सो होटलमा पुगेका थिएनन्। सेरेना होटल क्वेटा शहरकै सुविधासम्पन्न मानिन्छ। त्यहाँ सरकारी अधिकारीहरू र सार्वजनिक छवी भएका व्यक्तिहरू पुग्ने गर्छन्। पाकिस्तानका गृहमन्त्री शेख राशिद अहमदले कारमा विस्फोटक भरेर होटलमा विस्फोट गराएको पाइएको जानकारी दिएका छन्।
हमला भएका बेला भने चीनका राजदूत क्वेटाकै अर्को स्थानमा आयोजित समारोहमा थिए। चीनले उक्त क्षेत्रमा निकै ठूला विकास परियोजना सञ्चालन गरेको छ भने बलूच विद्रोहीले चिनियाँ परियोजनाको विरोध गर्दै आएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाह युद्बबिराम रोक्न सकारात्मक, चाँडै सहमति हुन सक्ने
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार