निर्णायक छलफलमा जुटदै कांग्रेस र माओवादी
नेपालबहस संवाददाता
बैशाख ९, २०७८ बिहिबार १४:४२:४८
९ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी ओली विरुद्धको अविश्वासको प्रस्ताव दर्ता र माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा नेपाली कांग्रेस र माओवादी केन्द्र बीच निर्णायक छलफल हुने भएको छ ।
छलफलका लागि माओवादी केन्द्रले अध्यक्ष पुष्प कमल दहाल प्रचण्डलाई सरकारलाई दिएको फिर्ता लिने विषयमा निर्णय गर्ने अधिकार दिएको छ भने नेपाली कांग्रेसको हिजो बसेको पदाधिकारी बैठकले ओली विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउनु पर्ने निश्कर्ष निकाल्दै प्रचण्डसँग गर्न सभापति शेर बहादुर देउवालाई आग्रह गरेको छ ।
समर्थन फिर्ता र अविश्वासको प्रस्ताव दर्ता दुइ विषय एकै पटक अघि बढाइने गरी निर्णयमा पुग्ने तयारीमा नेताहरु जुटेका छन् । अबको एक दुइ दिन भित्र नै ओली नेतृत्वको सरकार विस्थापन गर्न प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव ल्याइने भएको छ । माओवादीले समर्थन फिर्ता लिने निश्चित बनेको छ ।
आज भोली मै भित्रै निर्णायक बार्ता छलफल गरी निश्कर्षमा पुग्ने विषयमा दुई दल सहमत रहेको संभावत आजै दुइ दल बीच निर्णायक छलफल हुने माओवादी केन्द्रका एक नेताले जानकारी दिए । दुई दल बीच हुने निर्णायक बार्तावाट केही दिनभित्रै मुलुकको राजनीतिले कोल्टे फेर्ने कांग्रेस नेताहरुले बताएका छन् ।
अबको एक दुई दिनमै एमालेमा ओली पक्ष र खनाल–नेपाल पक्षबीचको संघर्षले पनि प्रष्ट दिशा लिने र त्यसले नयाँ सरकार गठनमा झन सहज बनाउदै लगेको कांग्रेस र माओवादी केन्द्रको विश्लेषण रहेको छ ।उता जसपाका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोमा ओली पक्षमै रहदा जनता समाजबादी दल विभाजनको खतरा रहेपनि अर्का अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई भने ओलीसँग जानुभन्दा पार्टी विभाजन गरेरै भए पनि नयाँ सरकार बनाउन तयार रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार