ट्राउट माछा उत्पादनको ‘हव’ बन्दै हेलम्बु
नेपालबहस संवाददाता
बैशाख ९, २०७८ बिहिबार १७:४:३३
९ वैशाख,काठमाडौं । वित्तीय अनुशासन र पूँजीगत खर्चबारे अनेकौँ टीकाटिप्पणी र आलोचना भइरहेका बेला जनतालाई घरदैलोमै सरकारको अनुभूति दिलाउन र खर्चमा पारदर्शिता कायम गर्ने सन्दर्भमा हेलम्बु गाउँपालिका अग्रणी देखिएको छ ।
स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र पूर्वाधार निर्माणलाई प्राथमिकतमा राखी जनताले प्रत्यक्ष लाभ लिन सक्ने कार्यक्रम अघि बढाएको उक्त गाउँपालिकाले खाद्यान्न, तरकारी, फलफूल र माछा मासुमा केही वर्षभित्रै आत्मनिर्भर हुने योजना अघि सारेको छ । मुलुकमै कुनै बेला स्याउ उत्पादनमा ख्याति कमाएको हेलम्बु क्षेत्र पछिल्लो समय ट्राउट माछा उत्पादनको ‘हव’ बन्दै गएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । करिब २० हजार जनसङ्ख्या रहेको हेलम्बु गाउँपालिका २७४।३६ वर्ग किलोमिटरमा फैलिएको छ ।
उक्त गाउँपालिकामा रहेको ११ रेन्बो ट्राउट फार्मबाट वार्षिक ९० देखि १०० टन माछा उत्पादन हुँदैआएको भण्डारी रेन्बो ट्राउट रिसर्च सेन्टरका सञ्चालक उत्तममणि भण्डारी बताउछन् । माछाका लागि गाउँपालिकाले ह्याचरी व्यवस्थापनमा सहयोग पु¥याएको छ । आफनै गाउँमा परिवार र साथीभाइसँगै रहेर व्यवसाय सञ्चालन गर्ने अवसर जुटेकामा खुशी नहुने प्रश्नै नरहेको उनको भनाइ छ । गाउँपालिकाले आफ्नो पुरानो पहिचान स्थापित गर्न उन्नत जातका स्याउका बेर्ना लगाउने कार्यलाई पछिल्ला वर्षमा तीव्रता प्रदान गरेको छ ।
अध्यक्ष शेर्पाका अनुसार अघिल्लो वर्ष मुस्ताङबाट दुई हजारको सङ्ख्यामा उन्नत जातको बेर्ना ल्याएर स्याउ प्रवद्र्धन कार्यक्रम शुरु गरिएको छ । लगाइएका बिरुवाबाट उत्पादित फलको गुणस्तरका आधारमा क्षेत्र छनोट गरी नमूना खेती कार्यक्रम सञ्चालन गर्ने पालिकाको सोच छ । मुलुकमा राजनीतिक दलले जति नै विकास र समृद्धिको नारा दिए पनि काठमाडौँको तरकारी मात्र होइन, काश्मीरको स्याउसमेत हेलम्बु पुग्न थालेपछि अध्यक्ष शेर्पाले स्थानीयवासीलाई आत्मनिर्भर तुल्याउन खाद्यान्न, तरकारी र फलफूल प्रवद्र्धनका विविध कार्यक्रम अघि बढाइएको जानकारी दिए । केही वर्षमै हेलम्बुका पहिचान विभिन्न उत्पादन काठमाडौँका बजारमा पु¥याइने अठोट गरिएको छ ।
किसानलाई मलखाद र बीउबिजनमा सहयोग अनुदान उपलब्ध गराउने क्रममा गाउँपालिकाले धुलिखेलकै मूल्यमा हेलम्बुका प्रत्येक वडामा रासायनिक मल उपलब्ध गराइरहेको स्थानीय कृषक नारायण गिरीले जानकारी दिए । ढुवानीबापतको खर्च गाउँपालिकाले व्यहोरिरहेको छ । किसान र व्यवसायीलाई मात्र होइन, विद्यार्थी, शिक्षक र अरु राष्ट्रसेवक कर्मचारीलाई पनि हेलम्बु गाउँपालिकाले प्रोत्साहन गरिरहेको छ । प्रत्येक विद्यालयले आवश्यक जैविक आवश्यक तरकारी आफैँ उत्पादन गर्ने नीति अघि बढाएका छन् । त्यसका लागि विद्यार्थीलाई प्रोत्साहनको कार्यक्रमसमेत अघि सारिएको छ ।
माथिल्लो भागमा हेल्मो ९शेर्पा० त्यसपछि क्रमशः तामाङ र बाहुन÷क्षेत्रीको बसोबास रहेको हेलम्बु गाउँपालिकाले कोरोनाका कारण औषधि व्यवस्थापनमा समस्या झेलिरहेका नियमित औषधि आवश्यक पर्ने ज्येष्ठ नागरिक तथा अन्य रोगीलाई निःशुल्क औषधि उपलब्ध गराएर ठूलो गुन लगाइरहेको छ । गाउँपालिकाभित्रका कुनै पनि गर्भवती महिलालाई स्वास्थ्यचौकीमा आएर सुत्केरी गराउन प्रोत्साहन गर्ने उद्देश्यले घरसम्म ल्याउन र पु¥याउन निःशुल्क एम्बुलेन्सको व्यवस्थाका साथै अस्पतालमा रहँदा कुरुवालाई समेत निःशुल्क बास र भोजनको व्यवस्था मिलाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशसभाको अधिवेशन अन्त्य
असोज १६, २०८१ बुधबार
माडीका गाईमा ‘क्यू फिवर’ पुष्टि !
असोज १६, २०८१ बुधबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
बजारमा खसीबोका चिन्नु, हरियो संकेत भएको किन्नु
असोज २०, २०८१ आइतबार
राष्ट्रपतिबाट नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ
असोज २०, २०८१ आइतबार
हमासको आक्रमणको एक बर्षको पूर्वसन्ध्यामा इजरायलमा सुरक्षा सावधानी
असोज २०, २०८१ आइतबार
कुमारी बैंकको गैडाकोटमा उद्यमी प्रशिक्षण सम्पन्न
असोज २०, २०८१ आइतबार
आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा निर्माण व्यवसायी विकास परिषद्को एक करोड सहयोग
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा एमालेले गर्यो ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
राहत तथा पुनः निर्माणका लागि सरकारलाई कांग्रेसको ३४ सुझाव, राहत कोषमा ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
५६ अंकले बढेर २६५३ विन्दुमा उक्लियो नेप्से, ६ अर्ब १३ करोडको शेयर खरिदबिक्री
असोज २०, २०८१ आइतबार