प्रचण्ड र नेपालले टाउकोमा हानेर रन्थन्याउने गराएको ओलीको टिप्पणी
नेपालबहस संवाददाता
बैशाख ९, २०७८ बिहिबार १७:३०:१६
९ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेकपामा रहँदा तत्कालीन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधjकुमार नेपालले आफूलाई ‘टाउकोमा हानेर रन्थन्याउने नीति’ लिएको टिप्पणी गरेका छन् । प्रधानमन्त्री ओलीले प्रचण्ड र नेपालहरुमा चरम महत्त्वकांक्षा र संकीर्ण मानसिकताले आफूलाई कम्युनिस्ट पार्टीको साधारण सदस्यबाटै हटाउने दुष्प्रयास गर्दै टाउकोमा हान्ने नीति अबलम्वन गरेको बताएका हुन् ।
पार्टी स्थापना दिवसको अवसरमा बल्खुमा केन्द्रीय पार्टी कार्यालय शिलान्यास गर्दै अध्यक्ष एवम प्रधानमन्त्रीओलीले भने ‘उनीहरु ओलीलाई पत्तासाफ बनाइयो, भित्तामा टँसाइदिन्छु, धूलोमा मिलाइदिन्छु, धूलोमा मिलाए; भन्दै हिडे । म माथि किन त्यस्तो आक्रमण थियो भने टाउकोमा हान्ने हो भने शरीर सग्लै भएपनि रन्थनिने भयो नि । त्यसरी टाउकोमा हान्ने नीति उनीहरुमा रह्यो र नेतृत्वदेखि शीर्ष नेतालाई कारवाहीमा पारियो ।’
आफू ५६ वर्ष अगाडिदेखि कम्युनिस्ट पार्टीको सदस्य रहेको उल्लेख गर्दै कठिन परिस्थितिमा आन्दोलनलाई माथि उठाउन भूमिका निर्वाह गरेकाले बिचलित नभएको ओलीले बताए ।
ओलीले माधव नेपालले देशभर नयाँ पार्टी खोलेर हिँडेको भएपनि भरसक अहिलेपनि आफूहरु सम्झाउने प्रयासमा रहेको बताए । ‘हाम्रा विरुद्ध कति गरे ? तर अहिले उनीहरुले यति उपद्राे गर्दा पनि, अर्को पार्टी देशभर खोलेर हिँड्दा पनि, अहिलेसम्म हामीले कारवाही नगरेर सम्झाइबुझाइ गर्ने प्रयास गरिरहेका छौँ,’ ओलील भने ।
अहिले पनि भरसक पार्टीमा क्षति नहोस् भनेर आफ्नो प्रयास अहिलेपनि उनीहरुलाई सम्झाउनेमा र सच्याउनेमा रहेको ओलीको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार