सात वर्षपछि बाजुराका द्वन्द्वपीडितलाई परिचयपत्र
नेपालबहस संवाददाता
बैशाख ९, २०७८ बिहिबार १८:४०:२१
९ वैशाख, मार्तडी । सत्य,निरुपण तथा मेलमिलाप आयोग बनेको सात वर्षपछि बल्ल बाजुराका द्वन्द्वपीडितले परिचयपत्र पाएका छन् । द्वन्द्वकालीन मुद्दा र घटनाको निरुपण गर्न बनेको आयोगले बुधबार परिचयपत्र वितरण गरेको हो ।
पहिलोपटक नौ पीडितलाई परिचयपत्र वितरण गरिइएको आयोगका शाखा अधिकृत मुना भट्टराईले जानकारी दिइन् । उनका अनुसार परिचयपत्र पाउने सूचीमा २१ जनाको नाम पहिलो चरणमा समावेश गरिएको थियो । बडिमालिका नगरपालिकामा आयोजित कार्यक्रममा परिचयपत्र वितरण गरिएको थियो ।
परिचयपत्र दिनसमेत आयोगले सात वर्ष लगाएको जनाउँदै पीडितले आक्रोश पोखेका थिए । परिचयपत्र दिएर मात्र पीडाको क्षतिपूर्ति नहुने र मनले न्यायको महसुस नगर्ने द्वन्द्वपीडित पूर्णबहादुर बुढाले बताए । जिल्लाका सूर्य साउद, अङ्गे सार्की, छम्मा गिरी, चक्र थापा, उजा विष्ट, बल बुढा, डबल बोगटी, गचे सार्की, गगने अधिकारी, दिलबहादुर बुढा, नयन सार्की, डम्मर सार्की, चन्द्रप्रकाश सुनार, राजेन्द्रबहादुर कुँवर, सङ्गम बुढा, पुष्कर दर्माइँ, पूर्ण दर्माइँ, पूर्णबहादर बुढा, प्रकाश बुढासहित परिचयपत्र पाउने सूचीमा रहेका आयोगका सदस्य प्रचण्डराज प्रधानले जानकारी दिए ।
आयोग बनेलगत्तै जिल्लास्थित शान्ति समितिको कार्यालयहरुमा उजुरी लिने काम गरिएको थियो । यसमा देशभरिबाट ६३ हजार ७१८ निवेदन परेका थिए । तीमध्ये तीन हजार ७८७ लाई परिचयपत्र दिने गरी प्रक्रिया थालिएको आयोगले जनाएको छ । आयोगका सदस्य प्रधानको अध्यक्षतामा आयोजित सो कार्यक्रममा बडिमालिकाका प्रमुख पदम बडुवाल, प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारी, प्रहरी नायब उपरीक्षक मदनजीत महरा, सरकारी कार्यालयका वकिल तथा पत्रकारसहितको सहभागिता थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार