सन्दीपकाे १०० औं टी-ट्वान्टी खेलको आँकडा पूरा
नेपालबहस संवाददाता
बैशाख ९, २०७८ बिहिबार १९:३६:१७
९ वैशाख, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनिर सन्दीप लामिछानेले १०० औं टी-ट्वान्टी खेलको आँकडा पूरा गरेका छन् ।काठमाडौंमा जारी त्रिकोणात्मक टी-ट्वान्टी सिरिज क्रिकेट अन्तर्गत मलेसियाविरुद्ध मैदान उत्रिदै सन्दीपले यस आँकडा पूरा गरेका हुन् ।
सन्दीप टी-ट्वान्टीमा १०० खेल खेल्ने नेपालका पहिलो खेलाडी समेत बनेका छन् । यससँगै उनले टी-ट्वान्टी अन्तर्राष्ट्रियका २५ खेल खेलेका छन् भने अन्य विश्वभरीका टी-ट्वान्टीका ७५ खेल खेलेका छन् ।
सन्दीपले टी-ट्वान्टी अन्तर्राष्ट्रियका २४ खेलमा ४२ विकेट लिएका छन् । त्यस्तै अन्य टी– ट्वान्टी खेलमा ९१ विकेट लिएका छन् । काठमाडौंमा जारी त्रिकोणात्मक सिरिजमा सन्दीपले अहिलेसम्म ३ खेलमा ८ विकेट लिएका छन् । पहिलो खेलमा नेदरल्याण्ड्ससंग २ विकेट लिएका उनले मलेसियाविरुद्ध २ र नेदरल्याण्ड्सविरुद्धको दोस्रो खेलमा ४ विकेट लिएका थिए ।
सन्दीपले वेष्ट इन्डिजविरुद्ध वर्ल्ड ११ का लागि खेल्दै ३१ मे २०१८ मा टी–ट्वान्टी अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए । यस्तै उनले त्यसअघि १२ मे २०१८ मा तात्कालिन दिल्ली डेभरडेभिल्सका लागि रोएल च्यालेन्जर्सविरुद्ध खेल्दै टी२० मा डेब्यु गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमान्डुसँग १८ रनले पराजित भएको लुम्बिनी लायन्स एनपीएलको लिग चरणबाटै बाहिरियो
मंसिर २६, २०८१ बुधबार
काठमाडौं गुर्खाजले लुम्बिनी लायन्सलाई दियो १०४ रनको लक्ष्य, भीम शार्की ३१ रनमै आउट
मंसिर २६, २०८१ बुधबार
आजको खेल जित्नैपर्ने दवावमा लुम्बिनी, टस जितेर ब्याटिङ गर्दै काठमान्डु गुर्खाज
मंसिर २६, २०८१ बुधबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
रवि लामिछानेलाई आज पोखरा लगिँदै, अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा प्रहरी
मंसिर २६, २०८१ बुधबार
टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
मंसिर २६, २०८१ बुधबार
जापानले रक्षा बजेट विस्तारका लागि कर बढाउने
मंसिर २६, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवसमा सरिक
मंसिर २६, २०८१ बुधबार
अफगान शरणार्थी मन्त्रीको आत्मघाती विष्फोटमा मृत्यु
मंसिर २६, २०८१ बुधबार
मानव बेचबिखनमा वृद्धि: राष्ट्रसंघ
मंसिर २६, २०८१ बुधबार