मुस्ताङ र घुन्सामा नागरिक वैशाखमा हिउँ परेपछि दङ्ग
नेपालबहस संवाददाता
बैशाख ९, २०७८ बिहिबार २१:४०:२९
९ वैशाख, बलेवा । मुस्ताङको घरपझोङ गाउँपालिका–१ का ७८ वर्षीय जीतबहादुर रसायलीले बुधबार साँझ पहिलो पटक वैशाखमा हिउँपरेको देखे । मुस्ताङमा मंसिरदेखि फागुनसम्म मात्रै हिमपात हुँदै आएको थियो । यो वर्ष लामो समय नपरेको हिउँ वैशाखको दास्रो साता पर्न शुरु भएको हो । उमेरले ८० को नजिकैरहनु भएका जीतबहादुरजस्ता यहाँका ज्येष्ठ नागरिकले कहिलै वैशाखमा हिउँ परेको देखेका थिएनन
अचानक वैशाखमा हिउँ परेपछि यहाँका नागरिक दङ्ग परेका छन् । हिमाल पारीको जिल्ला मुस्ताङमा बुधबारसाँझदेखि हिमपात भएको छ । मंगलबार दिउँसोदेखि मुस्ताङका सबै क्षेत्रमा हिमपात भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । “मौसम परिवर्तनको असर भन्छन्, जीवनभर नदेखेको देख्नु प¥यो”, रसायलीले भने ।
बेसिजनमा भइरहेको हिमपातले खेतीपातीका लागि खासै फाइदा नगर्ने स्थानीय किसान बताउँछन् । मुस्ताङका गाउँ हिउँले ढाकेकाले यहाँको पर्यटनमा भने सहयोग गर्ने रसायलीले बताए । अधिकांश भू–भाग हिउँले ढाकेकाले चिसो बढेको छ । हिउँले जमीनको सबै भूभाग छोपेको छ । दैनिक रूपमा पोखरा जोमसोम उडान भर्ने हवाईजहाज पनि आउन सकेका छैनन । हिमपातका कारण आजका सबै उडान रद्द हुनसक्ने नागरिक उड्डयान कार्यालय मुस्ताङका प्रमुख दीपक विकले बताए ।
हिउँले ढाकेकाले सडक हिलाम्मे भएको छ भने जिल्ला बाहिरबाट आउने सवारीसाधन निकै कम आवतजावत भएका छन् । मुस्ताङ आउने पर्यटकलाई केही असहज भएको होटल व्यवसायी बताउँछन् । बेमौसमी हिउँका कारण दैनिक रूपमा गर्ने कार्यमा सामान्य समस्या आएको छ भने मुक्तिनाथ दर्शन गर्न र कोरला नाकासम्म जाने पर्यटक तथा तीर्थालुलाई सास्ती भएको पत्रकार आदित्य रसायलीले बताए।
यसैबीच फुङ्लिङ–ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ घुन्सा गाउँमा आज बिहानैदेखि हिमपात भएको छ । समुद्र सतहदेखि तीन हजार ५०० मिटर उच्चाइमा अवस्थित घुन्सामा हिमपात भएको हो । हिमपात भएपछि विद्यालयमा विद्यार्थी प्रभावित बन्न पुगेको घुन्सा आधारभूत विद्यालयका शिक्षक केल्साङ शेर्पाले बताए ।
हिमपता भएपछि अत्याधिक चिसो मौसम हुने भएकाले कक्षा कोठामा बसेर पढ्न समस्या भएको शिक्षक शेर्पाले बताए । उनले भने, “आज बिहानदेखि नै हिउँ परिराछ । विद्यालय बिदा गरौँ भने परीक्षा आइसक्यो, पढाउँनै प¥यो । पढाउँदानी हिमतापका कारणले मौसम एक दम चिसो भएको छ ।” हिमपातले चौंँरी साथै पशुपालकलाई पनि चिसोका कारणले समस्या भएको स्थानीयवासी पेमा शेर्पाले बताए । ताप्लेजुङमा बिहानदेखि नै वर्षासँगै हिमाली क्षेत्रमा हिमपात भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घट्दो
मंसिर १२, २०८१ बुधबार
जासुसीको आरोप लगाउँदै रूसले बेलायती कुटनीतिज्ञलाइ दियो देश छाडने आदेश
मंसिर १२, २०८१ बुधबार
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १२, २०८१ बुधबार
एनपीएलः वेष्ट इन्डिजका चाडविक वाल्टन नेपाल आइपुगे
मंसिर १२, २०८१ बुधबार
हिजो सम्भवः नभए पछि रवि लामिछानेलाई आज साँझसम्म काठमाडौं ल्याइने
मंसिर १२, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १२, २०८१ बुधबार