बीमा कम्पनीहरुको सेवालाई निरन्तरता दिन बीमा समितिको निर्देशन, सजगता अपनाउन आग्रह
नेपालबहस संवाददाता
बैशाख ९, २०७८ बिहिबार २२:१५:४३
९ बैंशाख, काठमाडौं । नेपालमा कोभिड १९ को दोस्रो लहर सुरुभएपछि बीमा कम्पनीहरुलाई सजगता अपनाउन बीमा समितिले निर्देशन दिएको छ ।
समितिले संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न आवश्यक स्वास्थ्य सर्तकता सहित बीमा कम्पनीहरुको सेवालाई निरन्तरता दिन निर्देशन दिएको हो ।
समितिले प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीमा सम्भावित संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न तत्काल अपनाउनुपर्ने सावधानी स्वरुप मास्क,साबुन, पानी र सेनिटाइजरको अनिवार्य रुपमा व्यवस्था गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।
भौतिक दुरी कायम गरी भीडभाड नहुने गरी सेवाग्राहीलाई सेवा प्रवाह गर्न व्यवस्था मिलाउन, सेवाग्राहीको आवतजावत कम हुनेगरी यथासम्भव विद्युतीय माध्यमको व्यवस्था गर्न पनि निर्देशन दिएको छ ।
यस्तै बीमा कम्पनीहरुले सञ्चालन गर्ने बैठक, अभिकर्ता तालिम, सेमिनार जस्ता कार्यक्रमहरु भौतिक दुरी कायम गरी अत्यावश्यक सम्पर्क गर्नुपर्ने अवस्था वाहेक अन्य समयमा विद्युतिय माध्यमर भच्र्युअल माध्यमबाट गर्न जोड दिएको छ ।
कर्मचारीहरुको कार्य विभाजन गरी कार्यालय समयमा सकेसम्म कम कर्मचारीहरु उपस्थिति गराई सेवा प्रदान गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रभु इन्स्योरेन्सको साधारणसभा आज, लगानीकर्तालाई लाभांश वितरण गर्ने प्रस्ताव पेश हुँदै
बैशाख २०, २०८१ बिहिबार
नेपाल पुनर्बिमा कम्पनीले ५ प्रतिशत लाभांश दिने घोषणा
बैशाख ४, २०८१ मंगलबार
प्रभु इन्स्योरेन्सको वैशाख २० गते एजीएम, के-के छन एजेण्डा ?
बैशाख ३, २०८१ सोमबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
बैशाख २९, २०८१ शनिबार
सहकारी प्रकरण: रवि विरुद्ध के छ काग्रेससँग प्रमाण ?
बैशाख २९, २०८१ शनिबार
के भयो जब शनिदेवले हनुमान जीलाई भेटे, किन मागे शनिले माफी ?
बैशाख २९, २०८१ शनिबार
न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि छजनाको उम्मेदवारी
बैशाख २९, २०८१ शनिबार
श्रीमान् बचाउन खोज्दा श्रीमतीको करेन्ट लागेर मृत्यु
बैशाख २९, २०८१ शनिबार
शान्ति, सुरक्षा कायम गर्न सबैको हातेमालो आवश्यक : प्रदेश प्रहरी प्रमुख खापुङ
बैशाख २९, २०८१ शनिबार
दाङमा भान्सामै पसेर दुई महिलाको बञ्चरो प्रहार गरी हत्या
बैशाख २९, २०८१ शनिबार
फोहर सङ्कलनमा नेपाली सेना प्रथम
बैशाख २९, २०८१ शनिबार
व्यक्तिगत स्वार्थका कारण पार्टी विभाजन भयो : अध्यक्ष उपेन्द्र यादव
बैशाख २९, २०८१ शनिबार