बैंक तथा वित्तीय संस्थाको सेवामा तपाईको कुनै गुनासो छ ?
नेपालबहस संवाददाता
बैशाख ९, २०७८ शुक्रबार ०:९:२२
९ वैशाख, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले दिएका सेवाप्रति तपाईको कुनै प्रकारको गुनासो छ ? या उनीहरुले दिएको सेवामा कुनै जटिलता पैदा भएको छ ? यदि छ भने बैंक तथा वित्तीय संस्थाको नियामक निकायको रुपमा रहेको नेपाल राष्ट्र बैंकले नयाँ सेवा शुरु गरेको छ ।
केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्था र विभिन्न प्रकारका संस्था वा एजेन्टले ग्राहकसँग निष्पक्ष, विश्वसनीयता र पारदर्शी ढङ्गबाट बैंकिङ क्षेत्रको व्यावसायिक मूल्य र मान्यता एवं नीति निर्देशनको अधिनमा रहेर ग्राहकको हितलाई प्राथमिकतामा राखिएको जनाएको छ । राष्ट्र बैंकले गुनासो दर्ता गर्ने, दर्ता भएको गुनासोको जानकारी र दर्ता नं इमेलमार्फत प्राप्त हुने, गुनासोको स्थिति थाहा पाउने र गुनासोका अन्तिम निर्णय विद्युतीय माध्यमबाटै थाहा हुने प्रणाली सञ्चालनमा ल्याएको जानकारी दिएको छ ।
विश्वसनीय, पारदर्शी एवं व्यावसायिक मूल्य र मान्यता एवं नीति निर्देशनको अधिनमा रही ग्राहकको हितलाई प्राथमिकतामा राखेर वित्तीय मध्यस्थता सेवा प्रदान गर्ने गराउने कार्यको सुनिश्चितता गरी वित्तीय ग्राहकको हित संरक्षण गर्न पोर्टल सञ्चालनमा ल्याएको छ ।
केन्द्रीय बैंकले गुनासो डट एनआरबी डट ओआरजी डट एनपीमार्फत सो सेवा शुरु गरिएको विज्ञप्तिमार्फत जानकारी दिएको छ । वित्तीय ग्राहकलाई वित्तीय सेवा प्रदायकबाट हुने असहयोग, ढिलासुस्ती, बेवास्ता, पक्षपात, गैरजिम्मेवारी, लापरवाही, झुठो, गलत सूचना सम्प्रेषण, अपारदर्शी कारोवार जस्ता नकारात्मक व्यवहारलाई न्यूनीकरण गर्ने, वित्तीय सेवा प्रदायकले आफूले प्रदान गर्ने सेवा सम्बन्धमा न्यूनतम मापदण्ड पूरा गरी वित्तीय ग्राहकलाई निष्पक्ष र समान मध्यस्थता सेवा प्रदान वा प्राप्त गर्न वा गराउन प्रोत्साहन गर्ने नीति लिइएको छ । त्यस्तै, वित्तीय सेवा प्रदायकवाट नीति निर्देशन विपरीत निक्षेप सङ्कलन, कर्जा प्रवाह, कर्जा असुलीलगायत अन्य वित्तीय मध्यस्थता सेवा प्रवाहमा गरिने विभेद तथा क्षतिलाई न्यूनीकरण गर्न सहयोग पुग्नेछ ।
ग्राहकको मनोबल उच्च राखी वित्तीय क्षेत्र प्रतिको विश्वास कायम राख्ने, ग्राहक संरक्षण तथा गुनासो व्यवस्थापनका सम्बन्धमा यस बैंकको क्षेत्राधिकार भित्र पर्ने कानून, नीति, निर्देशन, कार्यविधि सम्बन्धमा गर्नुपर्ने सुधारको बारेमा गभर्नरलाई जानकारी गराउने लक्ष्य राखिएको छ । त्यस्तै, गुनासो सुनुवाई प्रक्रियालाई सहज र पारदर्शी बनाउने र वित्तीय ग्राहक संरक्षण तथा गुनासो व्यवस्थापनका सम्बन्धमा यस बैंकको क्षेत्राधिकार भित्र पर्ने कानून, नीति, निर्देशन, कार्यविधि सम्बन्धमा गर्नुपर्ने सुधारको बारेमा गभर्नरलाई जानकारी गराइनेछ ।
वित्तीय ग्राहक संरक्षण तथा गुनासो व्यवस्थापनमा केन्द्रीय बैंकको क्षेत्राधिकार भित्र पर्ने कानून, नीति, निर्देशन, कार्यविधि सम्बन्धमा गर्नुपर्ने सुधारको बारेमा गभर्नरलाई जानकारी गराई नीतिगत सुधार गर्ने लक्ष्य राखिएको केन्द्रीय बैंकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
माडीमा एक हजार दुई सय बढी परिवार गरिबीको रेखामुनि
पुष ४, २०८१ बिहिबार
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
पुष ४, २०८१ बिहिबार
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार