रिलायन्स फाइनान्सको मुनाफा ३७.३१ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा कति ?
नेपालबहस संवाददाता
बैशाख १०, २०७८ शुक्रबार १३:२४:१४
१० बैशाख, काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरण अनुसार फाइनान्सको मुनााफा बढेको हो ।
तेस्रो त्रैमासम्ममा फाइनान्स कम्पनीको मुनाफा ३७.३१ प्रतिशतले बढेर ८ करोड ६८ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, ब्याज आम्दानी भने ३३.०६ प्रतिशत घटेर १० करोड ७१ लाख रुपैयाँमा सीमित भएको छ।
ब्याज आम्दानी घटेपनि अन्य सञ्चालन आम्दानी बढेका कारण फाइनान्सको मुनाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको अन्य सञ्चालन आम्दानी ३९ लाख रुपैयाँबाट बढेर १३ करोड ६८ लाख रुपैयाँ पुगेको छ।
चैत मसान्तसम्ममा फाइनान्सको वितरणयोग्य मुनाफा १० करोड ७९ लाख रुपैयाँ रहेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ हजार १८.७२ प्रतिशत बढी हो। समीक्षा अवधिमा फाइनान्सको सञ्चालन मुनाफा ३७.३१ प्रतिशत बढेको छ।
मुनाफासँगै फाइनान्सको प्रतिशेयर आम्दानीमा पनि सुधार भएको छ। समीक्षा अवधिमा फाइनान्सको यस्तो आम्दानी ३ रुपैयाँ ७८ पैसा बढेर १३ रुपैयाँ ९१ पैसा पुगेको छ। चैत मसान्तसम्ममा फाइनान्सको मूल्य आम्दानी अनुपात २१.०७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ३२ पैसा रहेको छ।
गत आर्थिक वर्षको अन्त्यको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा फाइनान्सको चुक्ता पूँजी स्थिर रहेको छ भने जगेडा कोष ९४.११ प्रतिशत बढेको छ। समीक्षा अवधिमा फाइनान्सको निक्षेप १८.४५ प्रतिशत बढेको छ भने कर्जा १६.३९ प्रतिशत बढेको छ।
कर्जा लगानी बढेपनि फाइनान्सको निष्क्रिय कर्जा भने घटेको छ। गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा फाइनान्सको यस्तो कर्जा ०.७५ प्रतिशतविन्दु घटेर १.८८ प्रतिशतमा सीमित भएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफरवार्ड माइक्रोफाइनान्सले १४ प्रतिशत लाभांश वितरण गर्ने
असोज १७, २०८१ बिहिबार
सपोर्ट माइक्रोफाइनान्सको नाफा बढ्यो
साउन १०, २०८१ बिहिबार
तेस्रो त्रैमाससम्म आइपुग्दा मेरो माइक्रोफाइनान्सको खुद नाफा बढ्यो
बैशाख २०, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
मंसिर १०, २०८१ सोमबार
पल शाहको 'मायावी' फागुन १४ मा रिलिज हुने
मंसिर १०, २०८१ सोमबार
आइपीएल अक्सनको पहिलो दिन, ७२ खेलाडीका लागि ७४८.७२ करोड खर्च
मंसिर १०, २०८१ सोमबार
भारतीय ब्यापारी गौतम अडानीमाथी बंगलादेशले पनि छानबिन गर्ने
मंसिर १०, २०८१ सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १०, २०८१ सोमबार
चीन भ्रमणमा अघि सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्री ओली
मंसिर १०, २०८१ सोमबार