स्पष्टिकरण सोधिएका सांसदलाई कारवाहीको निर्णय लिदै ओली
नेपालबहस संवाददाता
बैशाख १०, २०७८ शुक्रबार १४:७:५१
१० बैशाख, काठमाडौं । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा विहान ११ बजे बस्ने बैठकमा आफ्ना सांसहरुलाई सोधेको स्पष्टिकरणको जवाफको विलेश्षण, कारवाहीको सम्वन्धमा निर्णय लिइने नेताहरुले बताएका छन् ।
तीन दिन अघि ओलीले संघ र प्रदेश गरी माधवकुमार नेपाल पक्षका ३२ जना सांसदलाई तपाईलाइ सांसद पदबाट किन नहटाउने भनि स्पष्टीकरणर सोधेका थिए । आएका प्रतिउत्तरबारे छलफल गर्न र कारवाहीको निर्णय गर्न ओलीले महाधिवेशन कमिटीको बैठक बोलाएका हुन ।
एमाले प्रमुख सचेतक विशाल भटराईका अनुसार आजको बैठकमा माधव नेपाल पक्षलाई सोधेको स्पष्टीकरण र उनीहरुले दिएको जवाफका साथै उनीहरुको स्पष्टिकरण चित्त नबुझे लिइने कारवाहीका सम्वन्धमा छलफल हुने छ । यसका अतिरिक्त महाधिवेशन तयारीका सम्वन्धमा पनि बैठकमा छलफल हुने भट्टराईले जानकारी दिए ।
तीन दिनको समयसीमा दिएर सोधिएको स्पष्टीकरणमा अन्यले आज बुझाउने अन्तिम म्याद छ । प्रधानमन्त्री एवम् अध्यक्ष ओलीले कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने पाँच र संघीय संसदका २७ जना सांसदलाई वैशाख ६ गते स्पष्टीकरण सोधेका थिए । माधवकुमार नेपाल, झलनाथ खनाल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेलगायत १९ नेताले बिहीबार स्पष्टीकरणको जवाफ दर्ता गराइसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार