आईसीयू र भेन्टिलेटरमा पुग्ने विरामीहरुको संख्या बढ्दो
नेपालबहस संवाददाता
बैशाख १०, २०७८ शुक्रबार १५:९:२७
१० बैशाख, काठमाडौं । केही दिनयता कोभिड १९ बढ्दो सक्रमणका कारण राजधानी काठमाडौं उपत्यका लगायत देशका विभिन्न ठाउँहरुमा आईसीयू र भेन्टिलेटरमा पुग्ने विरामीहरुको संख्या दिनप्रतिदिन बढदै गएको छ ।
उपत्यकाका मुख्य सरकारी अस्पतालहरूमा कोरोनाका बिरामी उपचारका लागि व्यवस्था गरिएका आइसियु र शय्या भरिएका छन्। शय्या भरिएपछि अस्पतालहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा बिरामीलाई अन्यत्र निजि अस्पतालमा रेफर गर्न सुरु भएको छ ।
पाटन अस्पतालमा कोभिडका बिरामीको उपचारका लागि १ सय ९० वटा सामान्य र २१ वटा आइसियु शय्या छुट्याइएकोमा विगत तीन दिनदेखि सबै शयया प्याक भएको आएका बिरामीलाई मन्त्रालयमा फोन गरेर अन्यत्र रेफर गरेको पाटन कोभिड १९ उपचार संयोजक डा. विमल पाण्डेले जानकारी दिएका छन् ।
यसै बीच राजधानी बहिर भारतसँग सीमा जोडिएको शहर नेपालगंजमा वेड र वीरामीलाई अक्सिजनको ग्यासको समेत अभाव हुँदै गएको समाचारहरु आएका छन् । भेरी अस्पतालमा जटिल अवस्थाका कोरोना संक्रमित भर्ना हुन थालेपछि अक्सिजनको अभाव भएको छ। कोरोना संक्रमितले अस्पतालमा बेड भरिएका छन्।
यता शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि कोभिडका बिरामी बढेपछि शयया भरिभराउ भएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले अहिले नै अस्पतालका सबै भेन्टिलेटर भरिएको र आईसीयू पनि एक–दुईवटामात्रै बाँकी भएको जानकारी दिए।गतवर्ष नै मानिसहरु आइसीयू–भेन्टिलेटर नपाएको स्मरण गर्दै उनले यसपटक संक्रमण उत्कर्षमा पुग्दा अभाव हुनसक्ने भन्दै स्वास्थ्य मापदण्डको पालनामा जोड दिएका छन् ।
यसैबीच राजधानी बहिर भारतसँग सीमा जोडिएको शहर नेपालगंजमा पनि उपचारका लागि शय्या र वीरामीलाई अक्सिजन ग्यासको समेत अभाव हुँदै गएको समाचारहरु आएका छन् । भेरी अस्पतालमा जटिल अवस्थाका कोरोना संक्रमित भर्ना हुन थालेपछि अक्सिजनको अभाव भएको छ। कोरोना संक्रमितले अस्पतालमा बेड भरिएका छन्।
जटिल अवस्थाका संक्रमितहरू उपचार गर्न आइरहेकाले अक्सिजन मागको चाप बढी भएकाले अभाव हुँदै गएको भेरी अस्पतालले जनाएको छ। दैनिका २५० वटा सिलिन्डर प्रयोग हुने गरेको छ। मागअनुसार आपूर्ति नभएको अस्पतालले चिकित्सक बताउछन् ।
सक्रमण तिव्र भएकाले विरामीले समान्य शैय्या समेत पाउन नसक्ने अवस्था आउन सक्ने वर्तमान स्वास्थ्य प्रणालीले धान्न नसक्ने अवस्था आउन सक्ने भन्दै तत्काल लकडाउन गर्न चिकित्सकहरुले सुझाब दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
मंसिर ३, २०८१ सोमबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
पाकिस्तानविरुद्धको टी-२० सिरिजमा अस्ट्रेलियाको क्लीन स्वीप
मंसिर ३, २०८१ सोमबार
अन्तरिम आदेशपछि लोक सेवा आयोगले स्थगित गर्यो ४९ उपसचिव पदमा बढुवाको प्रक्रिया
मंसिर ३, २०८१ सोमबार
नक्कली फेसबुक आईडि प्रयोग गरी ठगी गर्ने व्यक्ति पक्राउ
मंसिर ३, २०८१ सोमबार
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट चार जना पक्राउ
मंसिर ३, २०८१ सोमबार
प्रतिजैविक औषधिका कारण २०३० सम्ममा ३४ अर्ब अमेरिकी डलर आर्थिक भार थपिने
मंसिर ३, २०८१ सोमबार