डोटीमा मृतावस्थामा भेटिएकी महिलाको पहिचान खुल्यो
नेपालबहस संवाददाता
बैशाख १०, २०७८ शुक्रबार १७:१७:२०
१० वैशाख,डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका तथा पूर्वीचौकी गाउँपालिकाको सीमा क्षेत्र बुढाबाझ बागघेरी सामुदायिक वनमा मङ्गलबार मृतावस्थामा भेटिएकी महिलाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार मृतावस्थामा फेलापरेकी निज महिला डोटीको आदर्श गाउँपालिका–१ बाँझकाकनी बस्ने ४५ वर्षीया वसन्ती लुहार रहेकी छन् ।
यही वैशाख २ गतेदेखि बेपत्ता भएकी निज महिलाको शव पूर्वीचौकी गाउँपालिका र दिपायल सिलगढी नगरपालिकाको सीमा क्षेत्रमा रहेको बुढाबाझ बागघेरी सामुदायिक वनको पक्की सडकभन्दा करिब ८०० मिटर तल भिरमा फेला परेको थियो । निजको हत्या गरेर फालेको हुनसक्ने स्थानीयवासीको अनुमान छ ।
मृतक महिला त्यहाँ कहिले र कसरी पुगिन् सो विषयमा सूक्ष्म अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटी, मुद्दाफाँटका प्रहरी निरीक्षक कान्तिराज जोशीले बताए । उनले भने, “शव केही दिन पहिलेको जस्तो छ, शरीरभरि किरा परेको छ, ती महिला त्यहाँ कहिले र कसरी पुगिन् सो विषयमा अनुसन्धान शुरु गरेका छौँ ।” घटना बारेमा विशेष अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । मृतक महिलाको शव अहिले परीक्षणका लागि जिल्ला अस्पताल डोटीमा राखिएको छ । शव परीक्षणपछि मृतकका घरपरिवारलाई हस्तान्तरण गरिने सूचना अधिकारी मल्लले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार