ओलीको हैसियत मलाई थाहा छ :- नेपाल
नेपालबहस संवाददाता
बैशाख १०, २०७८ शुक्रबार १८:५९:३७
१० वैशाख, जनकपुरधाम । नेकपा एमालेमा कारबाही भोगिरहेका वरिष्ठ नेता माधवकुमार नेपाल भन्छन्:– हामीलाई कारबाही गर्ने हैसियत र ल्याकत कसैसँग छैन । यो पार्टी हामीले बनाएको हो, यसको हरेक उँचाईमा हामीले थपेको इँटा छ ।
समानान्तर गतिविधिमा सकृय नेता नेपालले जनकपुरमा यसो भनिरहँदा धेरै कार्यकर्ताले सोधे:– ओलीले तपाईंहरुलाई पार्टी र सांसद्बाट निकाल्दै हुनुहुन्छ अरे निहो ? जवाफमा नेता नेपालले जोडे:– सडकबाट उठाएर ल्याइएका मानिसको भीड जम्मा गरेर हामीलाई निकाल्न सक्ने ल्याकत ओलीसँग छैन । सांसद्बाट निकाल्न पनि उनको ताकत पुुग्दैन ।
सांसद् पदबाट कुन अवस्थामा मुक्त हुन सकिन्छ भन्ने सम्बन्धमा प्रष्ट्याउँदै नेता नेपालले भने:– एमाले परित्याग गरेको, अर्काे पार्टी ज्वाइन गरेको वा संसदीय दलले जारी गरेको ह्विप अवज्ञा गरेको अवस्थामा मात्रै सांसदबाट हटाउन पाइने कानूनी व्यवस्था रहेको छ । ओलीले गरेको कारवाही पनि विधान विपरित छ ।
ओलीमा दम्भ र अहंकार धरहरा भन्दामाथि चढिसकेको भन्दै नेता नेपालले अब ओलीको राजनीति धराशायी हुने बताए । उनकै दम्भ र अहंकारले लोकतन्त्रसमेत धरापमा परेको छ भन्दै नेता नेपालले कम्युनिष्ट आन्दोलनको रक्षाका लागि सबै वाम एक ठाउँ आउनुपर्ने औंल्याए ।
यसै प्रसंगमा उनले भने:– ओलीसँग अब सबै दिक्दार भइसके । हिजो वामदेव कम्रेड (वामदेव गौतम) लाई बालुवाटार बोलाएर डिनर अफर गरेका ओली जिल्लाराम भएछन् । यसबारे आज बिहान गौतमले आफूलाई फोन गरी बताएको उनले खुलाए । वामदेवले डिनर गर्नुअघि सबैलाई समेटेर जान सुुझाउँदै फागुन २८ को निर्णय सच्याउन आग्रह गर्दा ओलीले अस्वीकार गरेको जानकारी पाएको पनि नेता नेपाले बताए ।
त्यसो भए म पनि तपाईंसँग मिल्न सक्दिन भनेर वामदेवजी हिंडेको प्रसंग निकाल्दै नेता नेपालले अब ओलीसँग सबै वाम नेता टाढिने अवस्था आएको दाबी गरे ।
ओलीलाई सुधार्न आफूहरुले अथक प्रयास गरेको तर सफलता नपाएको उनले बताए । बालुवाटारको बालुवा जति सुकै पेले पनि तेल आउँदैन भन्ने थाहा थियो, तै प्रयास गरौं भनेको नतिजा उही आयो – नेता नेपालले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपके देउवाले ओलीलाई सत्ताको साँचो सम्हाल्न आग्रह गरेका हुन ?
असार १६, २०८१ आइतबार
गोप्य सूचना संकलन ‘खुला अन्तरक्रिया’ नगरकोटबाट शुरु हुँदै
असार १५, २०८१ शनिबार
गृहमन्त्री लामिछानेको सचिवालयमा दाम जम्मा गर्न नसक्दा रोकिएको श्रेष्ठ र आचार्यको बढुवा !
असार १४, २०८१ शुक्रबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
असार १६, २०८१ आइतबार
नेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे ओली
असार १७, २०८१ सोमबार
खुट्टाले लेखेर एसइई उत्तीर्ण भएका उमेश खत्री
असार १७, २०८१ सोमबार
फ्रान्समा पहिलो चरणको मतदानमा राष्ट्रपति म्याक्रोनको दल तेस्रो स्थानमा
असार १७, २०८१ सोमबार
पहिरोले पुरिँदा ५ वर्षीय बालकको मृत्यु
असार १७, २०८१ सोमबार
भेनेजुएला र इक्वेडर कोपा अमेरिकाको क्वाटरफाइनलमा
असार १७, २०८१ सोमबार
प्रतिनिधि सभा बैठक : आज गृह, अर्थ र शिक्षा मन्त्रीले जवाफ दिने
असार १७, २०८१ सोमबार