स्थायी कमिटीले पायो माधव नेपालसहितका नेतालाई कारबाहीको जिम्मा
नेपालबहस संवाददाता
बैशाख १०, २०७८ शुक्रबार २०:३५:३४
१० वैशाख, काठमाडौं । नेकपा एमालेका २७ जना प्रतिनिधिसभा सदस्यहरुलाई कस्तो कारबाही गर्ने भन्नेबारे निर्णय लिन स्थायी कमिटीलाई अधिकार दिइएको छ ।
आज बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको हो ।
तर पाँच जना सांसद्ले भने अझै स्पष्टीकरण बुुझाएका छैनन् । बैठकमा यसबारे जानकारी दिंदै पार्टी अध्यक्ष केपी ओलीले भने– स्पष्टीरण नबुझाउने र बुझाएकाहरुको हकमा के गर्ने भनेर अब स्थायी कमिटीले निर्णय लिने छ ।
स्पष्टीकरण नबुुझाउनेहरुमा योगेश भट्टराई, रामकुमारी झाँक्री, मेठमणि चौधरी, निरा जैरु र दीपकप्रकाश भट्ट रहेका छन् ।
साथै, स्पष्टीकरण बुुझाउनेहरुले समेत तुलनात्मक रुपमा सफ्ट भाषाको प्रयोग गरेको जानकारी अध्यक्ष ओलीले गराएका थिए । सबैका भाषा शैली उस्तै भएकाले बैठक गरी तयार गरेजस्तो देखिएको पनि उनले प्रष्ट पारे ।
बैठकमै ओलीले गणेश पहाडी र हिरा केसीले अब मूलधारमै लाग्ने प्रतिवद्धता जनाएको पनिउल्लेख गरे । साथै, सोमप्रसाद पाण्डे, जयकुमार राई र कल्याणी खड्काले भने सुझावसहितको प्रष्टीकरण दिएको पनि बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे ओली
असार १७, २०८१ सोमबार
प्रतिनिधि सभा बैठक : आज गृह, अर्थ र शिक्षा मन्त्रीले जवाफ दिने
असार १७, २०८१ सोमबार
नागरिक उन्मुक्ति पार्टीे संसदीय दलको नेतामा गंगाराम चयन, रञ्जितालाई हटाइयो
असार १७, २०८१ सोमबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
असार १६, २०८१ आइतबार
नेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे ओली
असार १७, २०८१ सोमबार
खुट्टाले लेखेर एसइई उत्तीर्ण भएका उमेश खत्री
असार १७, २०८१ सोमबार
फ्रान्समा पहिलो चरणको मतदानमा राष्ट्रपति म्याक्रोनको दल तेस्रो स्थानमा
असार १७, २०८१ सोमबार
पहिरोले पुरिँदा ५ वर्षीय बालकको मृत्यु
असार १७, २०८१ सोमबार
भेनेजुएला र इक्वेडर कोपा अमेरिकाको क्वाटरफाइनलमा
असार १७, २०८१ सोमबार
प्रतिनिधि सभा बैठक : आज गृह, अर्थ र शिक्षा मन्त्रीले जवाफ दिने
असार १७, २०८१ सोमबार