नेपालमा एकैदिन थपिए २५५९ कोरोना संक्रमित
नेपालबहस संवाददाता
बैशाख १०, २०७८ शुक्रबार २२:४०:५३
१० वैशाख, काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार देशभर २ हजार ५५९ जना संक्रमित थपिएका छन्।
९ हजार ६६४ जनाको कोरोना परीक्षण गरिएकोमा ठूलो संख्यामा संक्रमितहरु थपिएका हुन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ७९८ जनाको पीसीआर र ८६६ जनाको एन्टिजेन परीक्षण गरिएको छ।
यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ५ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयको तथ्यांकअनुसार नेपाल हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ लाख ९४ हजार ६०१ पुगेको छ। जसमध्ये २ लाख ७६ हजार ७५५ जना संक्रमणमुक्त भइसकेका छन्।
पछिल्लो २४ घण्टामा जम्मा ४१० जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयको तथ्यांकअनुसार आज देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ७२४ पुगेको छ।कोरोनाबाट नेपालमा मृत्यु हुनेको कुल संख्या ३ हजार १२२ छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
मंसिर ३, २०८१ सोमबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
पाकिस्तानविरुद्धको टी-२० सिरिजमा अस्ट्रेलियाको क्लीन स्वीप
मंसिर ३, २०८१ सोमबार
अन्तरिम आदेशपछि लोक सेवा आयोगले स्थगित गर्यो ४९ उपसचिव पदमा बढुवाको प्रक्रिया
मंसिर ३, २०८१ सोमबार
नक्कली फेसबुक आईडि प्रयोग गरी ठगी गर्ने व्यक्ति पक्राउ
मंसिर ३, २०८१ सोमबार
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट चार जना पक्राउ
मंसिर ३, २०८१ सोमबार
प्रतिजैविक औषधिका कारण २०३० सम्ममा ३४ अर्ब अमेरिकी डलर आर्थिक भार थपिने
मंसिर ३, २०८१ सोमबार
पाकिस्तानको ह्वाइट बल क्रिकेट प्रशिक्षकमा अकिब जावेद नियुक्त
मंसिर ३, २०८१ सोमबार