शून्यतामा झरेको रसुवामा पुनः देखिन थाले कोरोना संक्रमित
नेपालबहस संवाददाता
बैशाख १०, २०७८ शनिबार १:५७:०
१० वैशाख, रसुवा । लामो समयदेखि शून्यतामा झरेको कोभिड–१९ संक्रमण पुनः देखिन थालेपछि रसुवामा थप सजकता अपनाइएको छ । उत्तरगया गाउँपालिका–५ पहिरेबेसीँ गाउँक्षेत्रमा बसोवास गर्ने ६०, ३३ एवम् ३२ वर्षका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि त्यस क्षेत्रमा पूर्वसावधानी अपनाउन र स्वास्थ्यकर्मीले परामर्श सेवा दिन समेत थालिएको छ ।
घर नजिकको निर्माणाधिन एक जलविद्युत् आयोजनामा काम गर्न जानुपूर्व तीन जना मजदूरले त्रिशूली अस्पताल नुवाकोटमा स्वाव परीक्षण गराउँदा पोजेटिभ आएपछि उनीहरूलाई होम आइसोलेशनमा राखिएको जनस्वास्थ्य अधिकृत मनिषा देवकोटाले जानकारी दिए ।
सो आयोजनाले कामदार लिनुपूर्व पीसीआर परीक्षण रिपोट माग्ने गरेको छ । उनीहरूलाई ज्वरो तथा रूघाखोकीजस्ता कुनै लक्षणको समस्या नदेखिएको र गाउँ समाजमा सर्न सक्ने सम्भावनालाई मध्येनजर राख्दै संक्रमित तीनै जनालाई जनस्वास्थ्यको मापदण्डका बारेमा आवश्यक परामर्शसमेत दिई अनुगमन भइरहेको बताइएको छ ।
उनीहरू नियमित घरेलु काम गर्दै आएका व्यक्ति भएकाले सामान्य खालको संक्रमण हुनसक्ने आँकलन गरी पूर्णरूपले सजकता अपनाइएको स्थानीय बासिन्दाले बताएका छन् । यस्तै कोरोना नियन्त्रणका लागि नियमितरूपले मुखमा मास्क लगाउने, साबुनपानीले हातधुने, सामाजिक दूरी कायम गर्ने गराउने, सार्वजनिक स्थालमा कामको प्रकृति हेरी २५ जनाभन्दा बढी भेला नहुने, भेला भएपनि स्वास्थ्यको मापदण्ड पूरा गराउनुपर्ने, मठमन्दिर तथा गुम्वामा पूजारीबाट मात्र नित्य पूजापाठ गर्न गराउन आग्रह गरी सकिएको प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला कोभिड व्यवस्थापन समितिका संयोजक ईश्वरीप्रसाद ढकालले जानकारी दिए ।
यही वैशाख ६ गते नेपाल सरकार मन्त्रिपरिषद् बैठकले गरेको निर्देशनात्मक विषय वस्तु तदारूक्ताका साथ कार्यान्वयन गराउन जिल्लामा कार्यरत सबै सुरक्षा अङ्गलगायत सरोकारवाला निकायलाई आग्रह गरिसकेको र रोगप्रति सजक रही मानवलाई संक्रमणबाट जोगाउने कार्यमा सबै क्षेत्रको सहयोग अपरिहार्य भएको प्रजिअ ढकालले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
आँखाको निःशुल्क शल्यक्रिया दुर्गम जिल्लाका नागरिकका लागि बरदान
मंसिर ३, २०८१ सोमबार
पुष्पामा अल्लु अर्जुनको पारिश्रमिक ३०० करोड, अरूको कति ?
मंसिर ३, २०८१ सोमबार
ईरासँग सम्बन्ध सुधार्न थेरापी लिँदैआमिर खान
मंसिर ३, २०८१ सोमबार
‘समाजमा बोक्सी छैन भन्ने सन्देश दिन अग्निदहन’
मंसिर ३, २०८१ सोमबार
मंसिर १५ गते ‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना
मंसिर ३, २०८१ सोमबार
विद्युत प्राधिकरणले काटेको बिलका आधारमा बक्यौता गणना गर्न सरकारले बनायो विज्ञ समिति
मंसिर ३, २०८१ सोमबार