सामाजिक सञ्जाल फोहोर पार्दै गाँजा खेतीमा पूर्व प्रशासक
नेपालबहस संवाददाता
बैशाख १३, २०७८ सोमबार १७:१४:२८
आफुले शक्ति र सरकारी सम्पत्तिको उपयोग गरुञ्जेल नदेखेको विकास र समृद्धि आफु पद र सेवानिवृत्त भएपछि ह्वारह्वारती देख्ने महामहिमहरुको बिगबिगी अहिले नेपाली आकाशमा ह्यात्तै बढन थालेको देखिदैछ । यस्ता महामहिमहरुले सार्वजनिक पदमा आसिन रहँदासम्म आफुले के के परिवर्तन गर्न र गराउन सके भनेर कही कतै पनि उल्लेख गरेको भने पाईदैन ।
आफ्ना जीवनका ३० औं बर्ष सरकारी जीवनका यात्रा स्मरणहरु लेखेर आम नागरिक र वर्तमानमा कार्यरत देशभक्त राष्ट्रसेवक सरकारी कर्मचारीहरुलाई हौसला र उचित बाटो देखाउनु पर्ने बेलामा आफुले आफैलाई महान दार्शनिक घोषणा गर्दै पूर्व सरकारी उच्चपदस्थ अधिकारीहरुका आजभोलिका सामाजिक सञ्जालका भित्ताहरुको फोहोर गराईले आम नागरिकहरुमा सिंगो सरकारी कर्मचारीहरुको प्रतिनिधित्वको पर्यायका रुपमा मात्रै उदाहरणीय बनेको पाईएको छ ।
नितान्त आफुलाई मात्र महान परिवर्तनकारी भन्ने र आफुलाई मात्र विद्धान वर्ग ठान्ने यस्ता फोश्रा आदर्शवादका द्याेतक महामहिमहरुले विगतमा देशको कर्मचारीतन्त्रमा के कस्तो परिवर्तनकारी भूमिका निर्वाह गरेका थिए ? र वर्तमानमा उनीहरुका पथप्रदर्शकहरुको विचार कस्तो रहेको छ ? भनेर भने कही कतै उल्लेख भएको पाईदैन ।
अरुलाई उदाहरण दिन पहिला आफु उदाहरणीय बन्नु पर्दछ भन्ने कुराको सामान्य पनि हेक्का नराखी सधैँ…. गालीमा उत्रने यस्ता लाल बुझक्कडहरुलाई बिस्तारै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले चिन्दै र बुझ्दै जान थालेका छन् । अति तल्लोस्तरको घटिया शब्द चयन र बिरोधका लागि बिराेधमात्रै समाज परिवर्तनको सही बाटो भने हुनसक्दैन भन्ने मेरो ठम्याई रहेको छ ।
सामाजिक सद्भाव र नैतिकताका आधारहरु ध्वस्त बनाउँदै घिनलाग्दो बनाएर अहिले सामाजिक सञ्जालमा फोहोर गर्न आउनेहरुको पनि कमी छैन समाजमा । कसैले सही या कसैले आफु र आफ्नो चाहना प्रतिकुल प्रतिक्रिया लेखेकै भरमा घिनलाग्दो र पढनै नसकिने प्रतिउत्तरको अशाेभनीय झटारोले सामाजिक सञ्जालको दृष्यावलोकनमा निस्किएका फुर्सदिला नेपालीहरुलाई समेत कहिलेकाँही कुरीकुरी लाग्ने गरेको देखिन्छ ।
नेपाली शब्दकोषमा बिरलै मात्र भेटिने अत्यन्तै घटिया शब्दको प्रयोग गर्ने बानीले अहिले बिस्तारै प्रतिउत्तरका श्रृङ्खलाहरु बढदै जान थालेका छन् । आफ्नाे बिरुद्धमा देखिएका र आफ्नो चाहना विपरितका प्रतिक्रिया दिने सञ्जालका मित्रहरुलाई ठहरै पार्दिन्छु देखि सोत्तर पार्दिन्छु भन्नेसम्मका तल्लोस्तरका अभिब्यक्तिले महामहिमहरुको उचाई समेत घटाईरहेको देखिन्छ ।
सामाजिक सञ्जालमा जोडिन आएका सदस्यहरुलाई आफ्नाे हलिगोठाला ठान्ने र धेरै बकबक गरे ठहरै पार्ने कमेन्टहरुको फेहरिस्त हेर्दा यस्ता महामहिमहरुले आफ्नो गधापच्चिसीको उमेरमा कस्तो हर्कत देखाउथे होला ? भनेर म लाटो, अबुझ, अनपढ, गवाँर पनि कहिलेकाहीँ एक्लै घोत्लिएर सोच्ने गर्दछु । अहिले सामाजिक सञ्जालमा गँजडीहरुको बाहुल्यता बढदै गएको र गाँजा खेतीलाई प्राथमिकता दिनु पर्ने कुरामा खुलेरै लाग्न थालेका छन् ।
गाँजा खेतीलाई बढावा गर्नुपर्छ र भाँङ्ग धतुरोलाई राष्ट्रिय स्तरमामात्र हैन अन्तर्राष्ट्रिय स्तरसम्म ब्यापार फैलाउनु पर्छ भन्ने महान दार्शनिकले आफु जिम्मेवार पद र पावरमा हुँदा कति पटक फायल अगाडि बढाए होलान ? भनेर मेरा दौतरीहरु मसँग प्रश्न गर्छन् । म बबुरो काठमाडौं पस्ने ढोका कतापट्टी छ ? भनेर समेत थाहा नभएको प्राणीलाई मन्त्रालय र मन्त्रीका बैठकका बिषयमा के ज्ञान हुनु ?
नेपालको हिमाली र पहाडी जिल्लाहरुमा अमृतमय औषधिका मुहानहरुको संरक्षण र सम्बद्धन गर्नुपर्ने बेलामा गाँजा खेतीलाई उचालेर नेपाली जनतालाई सोत्तर पार्न लागेको बिदेशी योजनालाई समर्थन गर्ने लाल बुझक्कडहरूको जमातको सामाजिक सञ्जालमा रोईलो समेत उदेक लाग्दो देखिन्छ ।
समाज सुधारका बहुआयामिक बिषयमा कलम चलाउनु पर्ने बेलामा, नागरिकहरुलाई आत्मनिर्भर बनाउँदै स्वरोजगार बनाउन तत्परता देखाउनु पर्ने बेलामा, नागरिकहरुलाई दीर्घजीवनका उपायहरुका बिषयमा सूसुचित गराउँदै स्वस्थ्य जीवनमा जोड दिनु पर्ने बेलामा सरकारले समेत प्रतिबन्ध लगाएको गाँजा खेती गर्न नेपाली जनतालाई उक्साहट गर्न लागि परेका पूर्व प्रशासकहरुको बिदेशी स्वार्थ पूर्ति गर्ने अभिलाषा पनि वर्तमान सरकारले छिट्टै पुरा गरिदेओस भन्ने आम नेपाली नागरिकहरुको चाहना रहेको देखिन्छ ।
नेपालीहरुमा तिहुन पकाउँदा त नुन लाग्यो कि लागेन ? भनेर चाख्ने बानी परेका समयमा गाँजा, भाँङ्ग धतुरोको स्वाद चाख्न र कस्तो स्वादको फलेछ ? भनेर अनुभव लिदैनन् होला भन्ने के ग्यारेन्टी ? यदि सबैले चाख्न थाले र यो पो रहेछ त काईदाको ओखती भनेको भनेर गोजीमा गाँजा बोकेर दिउँसै बम भोले शम्भो ! भन्दै हिडन थाले भने हरेक नेपालीका गोजीमा हरिया डलर हैन, गाँजाका चिलिम हुनेछन् ।
चिलिमले बिगारेको नेपाली समाज र गाँजाको सेवनले बिग्रिएको नेपाली जनताको कलरले भोलिको युवा पिँढीलाई कता तिर लैजाला ? यो चाँहि अहिले अत्यन्तै चिन्ता बढने निश्चित छ । देशमा उत्पादित स्याउ, कागती र सुन्तला त राम्ररी ब्यवस्थापन गर्न नसक्ने नेपालका पानीमरुवा नेतृत्व भएको देशमा गाँजाको उचित ब्यवस्थापन र बिश्व बजारमा आफ्नो सामानको बिक्री गर्न सक्ने ल्यागत राख्छन भन्ने के ग्यारेन्टी छ ?
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअन्तर्राष्ट्रिय फोरमहरूमा नेपाल अझै पनि कमजोर बनिरहने ?
असोज १२, २०८१ शनिबार
जनताका सुख–दुःखलाई बेवास्ता गर्ने सरकार सञ्चालकहरूको कस्तो प्रवृत्ति हो ?
असोज ९, २०८१ बुधबार
बढ्दो महिला हिंसा, हत्या र रोकथामका उपाय
असोज ८, २०८१ मंगलबार
आशिका तामाङलाई पक्राउ गर्न सूर्यविनायक नगरपालिकाको माग
नेपालबहस संवाददाता
असोज ९, २०८१ बुधबार
कांग्रेसको प्राकृतिक स्रोत विभागमा १० सदस्य मनोनित
नेपालबहस संवाददाता
असोज ९, २०८१ बुधबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
नारायणगढ-मुग्लिङ्ग सडकको ९ किलोमा सडक भासियो
असोज १२, २०८१ शनिबार
अपडेट : बाढी, पहिरो र डुबानमा परी ६६ जनाको मृत्यु, ७९ जना बेपत्ता
असोज १२, २०८१ शनिबार
कोशी ब्यारेजमा पुलमाथि पानी, पैदल हिड्न रोक
असोज १२, २०८१ शनिबार
बाढी-पहिरोले उपत्यकामा ३२ सहित देशभर ५३ जनाको मृत्यु, थुप्रै क्षेत्र जलमग्न
असोज १२, २०८१ शनिबार
एन्फा एकेडेमीका ६ खेलाडी पहिरोमा परे, तिन जनाको शव भेटियो
असोज १२, २०८१ शनिबार