खाना पकाउने ग्यासको खाली सिलिण्डर भरेर राख्न आग्रह
नेपालबहस संवाददाता
बैशाख १२, २०७८ आइतबार २०:४१:४६
१२ बैशाख, काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेसँगै नेपाल एलपी ग्यास उद्योग संघले डिलर र उपभोक्तालाई खाना पकाउने ग्यासको खाली सिलिण्डर भरेर राख्न अपिल गरेको छ । एलपी ग्यास आयात हुने मुलुक भारतमा कोभिड माहामारी बढेका कारण त्यसबाट पर्ने असर कम गर्न तत्काललाई खाली सिलिण्डर भरेर राख्न आग्रह गरिएको संघले एक सूचनामार्फत जनाएको छ ।
गत वर्ष ग्यास भर्न एकै पटक उपभोक्ताहरु लाइन लाग्दा आपूर्तिमा चाप परेकाले यस वर्ष त्यस्तो नहोस् भनेर सूचना जारी गरिएको संघका अध्यक्ष गोकुल भण्डारीले बताए । ग्यासको आपूर्ति व्यवस्थालाई चुस्त बनाउन र अभाव कतैबाट पनि नहोस भनेर व्यवसायीलाई सचेत गराइएको नेपाल आयल निगमले जनाएको छ ।
ग्यासको आपूर्ति नियमित रुपमा भइरहेको भएपनि पाइन्जेल चुप लागेर बस्ने र अभाव भएपछि लाइन लाग्ने उपभोक्ताको स्वभावलाई सुधार गर्न यस पटक पहिल्यै तयारी गरिएको बताइएको छ । भारतको धेरै टाढा रहेको पारादीप, हल्दीय, मथुरा लगायतका ठाउँबाट ग्यास ल्याउनुपर्ने र ती क्षेत्रमा कोरोना कहर बढी रहेका कारण सामान्य अवस्था रहँदै क्षमताले भ्याएसममको भण्डारण गनै नीतिमा निगम रहेको छ ।
अघिल्लो महिना अहिलेसम्मकै धेरै चार अर्ब रुपैयाँ बराबरको ४७ हजार मेट्रिकटन एलपी ग्यास आयात भएको पनि निगमले जनाएको छ । नेपाल आयल निगमको तथ्यांकअनुसार नेपालमा दैनिक ८० हजार सिलिण्डर र मासिक २६ लाख ७६ हजार ५७ सिलिण्डर ग्यास खपत भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘लहान एक्पो’ मा एक करोड ५९ लाखभन्दा बढी कारोबार
जेठ १४, २०८१ सोमबार
आर्थिक मन्दीको असरले रुपन्देहीमा २०७ उद्योग बन्द
जेठ १४, २०८१ सोमबार
भिजिबिलिटी कमजोर हुँदा हवाई उडान प्रभावित
जेठ १३, २०८१ आइतबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
आईपीएलमा कुन-कुन खेलाडीले के-के अवार्ड पाए ?
जेठ १४, २०८१ सोमबार
वर्षाले अवरुद्ध भएको पूर्वपश्चिम राजमार्गको नवलपुर खण्ड एकतर्फी सञ्चालनमा
जेठ १५, २०८१ मंगलबार
तनहुँमा विकास बजेटको खर्च अवस्था निराशाजनक
जेठ १५, २०८१ मंगलबार
गोरखाको साम्दोमा सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्ट 'बिओपी' स्थापना
जेठ १५, २०८१ मंगलबार
क्षमता अभिवृद्धि गरेर सेवा प्रवाह गर्न बीमा अभिकर्ताहरूलाई निर्देशन
जेठ १५, २०८१ मंगलबार
एक मुरी मकै फल्ने बारीमा ५० हजारभन्दा बढीको तरकारी उत्पादन
जेठ १५, २०८१ मंगलबार
नवनियुक्त अध्यक्ष महेश बरालले लिए पद तथा गोपनीयताको शपथ
जेठ १५, २०८१ मंगलबार