जिल्ला अस्पताल डोटीमा १२ श्ययाको आइसोलेशन
नेपालबहस संवाददाता
बैशाख १३, २०७८ सोमबार १८:४२:४५
१३ वैशाख,डोटी । जिल्ला अस्पतालमा १२ श्ययाको आइसोलेशन कक्ष स्थापना गरिएको छ । कोरोना संक्रमण देखिएका व्यक्तिलाई उपचार गर्नका लागि अस्पतालले उक्त आइसोलेशन कक्ष स्थापना गरेको हो ।
पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा भारतबाट रोजगारी गरी घर फर्किएका अधिकांश नागरिकमा कोरोना सङ्क्रमण देखिन थालेपछि जिल्लामा पनि संक्रमितको सङ्ख्या बढ्न सक्ने भन्दै आइसोलेशन कक्ष स्थापना गरिएको जिल्ला अस्पतालका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीले जानकारी दिए । उनका अनुसार अस्पतालले स्थापना गरेको उक्त आइसोलेशन कक्षमा अक्सिजनको व्यवस्था गरिएको छ ।
जिल्ला अस्पतालमा निर्माण गरिएको उक्त १२ श्ययाको आइसोलेशन कक्षमा म्याट्रेस, तन्ना, तकिया र सुपानेट झुल तथा २४ सै घण्टा स्वास्थ्यकर्मीको व्यवस्था गरिएको कोभिड सम्पर्क व्यक्ति तेजबहादुर शाहीले बताए । आइसोलेशनमा स्वास्थ्य समस्या देखिएका कोरोना संक्रमितलाई राखेर उनीहरुको स्वास्थ्य उपचार, जाँच तथा खानाको व्यवस्था मिलाइएको छ ।
जिल्लामा रहेका नौवटै स्थानीय तहका स्वास्थ्य संस्थामा आइसोलेशन कक्ष स्थापना गर्न जिल्ला प्रशासन कार्यालयले सबैमा आग्रह गरेको छ । प्रशासनले भारतबाट आएका नागरिकलाई अनिवार्य क्वारेन्टिनमा राख्नुपर्ने निर्णय गरेको भए पनि यहाँका स्थानीय तहले अहिलेसम्म क्वारेन्टिन स्थापना गर्न सकेका छैनन् । क्वारेन्टिन व्यवस्थापनका लागि आवश्यक बजेट नभएका कारण निर्माण गर्न नसकिएको जनप्रतिनिधिले बताउँदै आएका छन् ।
प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार एक महिनाको अवधीमा भारतबाट रोजगारी गरी घर फर्किएका सुदूरपश्चिमका कम्तीमा पनि आठ व्यक्तिको कोरोनाका कारण ज्यान गइसकेको छ । यहाँका अधिकांश सरकारी अस्पताल कोरोना संक्रमितले भरीभराउ भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार