काठमाडौं उपत्यकामा आगामी बिहीबारदेखि निषेधाज्ञा लगाइने
नेपालबहस संवाददाता
बैशाख १३, २०७८ सोमबार १९:१७:५७
१३ बैशाख, काठमाडौं । कोरोना भाइरसको संक्रमण तीव्र रुपमा बढेपछि काठमाडौं उपत्यकामा निषेध आदेश लगाउन प्रस्ताव गरिएको छ ।काेराेना संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा आगामी बिहीबारदेखि निषेधाज्ञाकाे तयारी सरकारले गरेकाे हाे ।
अर्को सूचना जारी नभएसम्म वैशाख १६ गते बिहीबारदेखि निषेधाज्ञा जारी हुने भएको छ । पहिलो चरणमा एक हप्ताका लागि निषेधाज्ञा जारी हुने भनिए पनि कम्तीमा एक महिनासम्म निषेधाज्ञा लागू हुने बताइएकाे छ ।
उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा लागु हुने सुचना केहीबेरमा प्रकाशित हुँदैछ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले यो निर्णय गरेको हो । निषेधाज्ञा अवधिभर अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुनेछन् ।
देशभर कोरोना संक्रमण बढिरहेका बेला आज साँझ मन्त्रिपरिषद् बैठक पनि बस्दैछ । बैठकले लकडाउन, निषेध आदेश वा अन्य कदमबारे निर्णय गर्ने अपेक्षा गरिएको छ ।
आइतबारसम्मको तथ्यांक अनुसार काठमाडौं उपत्यकाका तीन जिल्लासहित मुलुकका ९ जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा माथि छ । सीसीएमसीले शहरी क्षेत्रका जिल्लामा ५०० र ग्रामीण जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित पुगे लकडाउन गर्न सिफारिस गरेको छ । ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाहरु काठमाडौं, बाँके, ललितपुर, रुपन्देही, पर्सा, भक्तपुर, कास्की, मोरङ, दाङ हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजंगली च्याउ खाँदा ३ जनाको मृत्यु, १६ बिरामी
असार ११, २०८१ मंगलबार
इच्छाकामनाले बाँझो जमिनमा खेती गर्नेलाई अनुदान दिने
असार ११, २०८१ मंगलबार
भरतपुर महानगरपालिकाले बाँझो जमिनमा खेती गर्नेलाई प्रोत्साहन गर्ने
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
सर्वोच्चले खारेज गर्यो कोशी प्रदेश सरकार विरुद्धको रिट
असार ११, २०८१ मंगलबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
देशभर मनसुनी वायुको प्रभाव : आज यी ठाउँहरुमा भारी वर्षा हुने
असार १२, २०८१ बुधबार
इजरायलले उत्तरी गाजाबाट हमास सरकारलाई विस्थापित गर्ने योजना ल्याउँदै
असार १२, २०८१ बुधबार
बारामा ८७ हजार मेट्रिकटन मकै उत्पादन
असार १२, २०८१ बुधबार
एकनाले भरूवा बन्दुकसहित एक जना पक्राउ
असार १२, २०८१ बुधबार
एसईईको नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने निर्णय
असार १२, २०८१ बुधबार
नेप्से दोहोरो अंकले घट्यो, चार अर्ब भन्दा बढीको कारोबार
असार १२, २०८१ बुधबार
रहस्यमय मृत्युलाई लिएर कराँचीमा उच्च सतर्कता अवलम्बन
असार १२, २०८१ बुधबार