ज्यानमारा भाइरसबाट गण्डकीमा थप ४ को मृत्यु, मृतकको संख्या २१५ पुग्यो
नेपालबहस संवाददाता
बैशाख १३, २०७८ सोमबार २०:१४:४७
१३ बैशाख, पोखरा । ज्यानमारा कोरोना भाइरसबाट गण्डकी प्रदेशमा थप चारजना संक्रमितको मृत्यु भएको छ । सोमबार कास्कीका २ र स्याङ्जा तथा म्याग्दीका १-१ जना संक्रमितको मृत्यु भएको हो ।
पोखरा महानगरपालिका–२५ का ९१ वर्षीय पुरुषको सोमबार बिहान पौने ६ बजेतिर मृत्यु भएको छ । उनलाई वैशाख ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको पोखराको मेडिप्लस अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै पोखरा महानगरपालिका–१ की ५५ वर्षीय महिलाको सोमबार दिउँसो पोखराको मेडिप्लस अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । उनलाई शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो । ती महिलालाई कोभिड–१९ डबल म्युटेन्ट देखिएको थियो ।
यसैगरी स्याङ्जाको वालिङ नगरपालिका–१२ का ५८ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । शनिबार कोरोना संक्रमण पुष्टि भएका उनको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचारको क्रममा सोमबार मृत्यु भएको हो ।
यस्तै म्याग्दीको रघुगंगा गाउँपालिका–३ का ७८ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । आइतबार कोरोना संक्रमण पुष्टि भएका वृद्धको मणिपाल शिक्षण अस्पताल पोखरामा सोमबार बिहान सवा ३ बजे उपचारको क्रममा मृत्यु भएको हो । थप ४ जनासँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१५ पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार