अब विवाह र ब्रतबन्ध गर्न प्रशासनको अनुमति चाहिने
नेपालबहस संवाददाता
बैशाख १३, २०७८ मंगलबार १:३४:०
१३ बैशाख, काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा अब विवाह र ब्रतबन्ध गर्न जिल्ला प्रशासन कार्यालयको अनुमति चाहिने भएको छ। उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निषेध आदेश जारी गर्दै विवाह र ब्रतबन्धमा बढीमा १५ जना सहभागी हुन पाइने तर त्यसका लागि जिल्ला प्रशासनको अनुमति चाहिने व्यवस्था गरेको हो।
वैशाख १६ गतेदेखि एक सातासम्म लागू हुने यो व्यवस्था उल्लंघन गरे कानुनअनुसार कारबाही हुनेसमेत काठमाडौं जिल्ला प्रशासनले जारी गरेको आदेशमा उल्लेख छ।वैशाख १६ गते बिहान ६ बजेदेखि वैशाख २२ गते मध्यराति १२ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालन गर्न नपाइने समेत आदेशमा गरिएको छ।
बिहीबारदेखि लागू हुने गरी मंगलबार जारी गरिएको आदेशमा अत्यावश्यक सेवाहरू भने स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी सञ्चालन गर्न पाइने उल्लेख गरिएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
मंसिर ३, २०८१ सोमबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
पाकिस्तानविरुद्धको टी-२० सिरिजमा अस्ट्रेलियाको क्लीन स्वीप
मंसिर ३, २०८१ सोमबार
अन्तरिम आदेशपछि लोक सेवा आयोगले स्थगित गर्यो ४९ उपसचिव पदमा बढुवाको प्रक्रिया
मंसिर ३, २०८१ सोमबार
नक्कली फेसबुक आईडि प्रयोग गरी ठगी गर्ने व्यक्ति पक्राउ
मंसिर ३, २०८१ सोमबार
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट चार जना पक्राउ
मंसिर ३, २०८१ सोमबार
प्रतिजैविक औषधिका कारण २०३० सम्ममा ३४ अर्ब अमेरिकी डलर आर्थिक भार थपिने
मंसिर ३, २०८१ सोमबार
पाकिस्तानको ह्वाइट बल क्रिकेट प्रशिक्षकमा अकिब जावेद नियुक्त
मंसिर ३, २०८१ सोमबार