बुद्धवीर लामा दशौं गीतिमय साँझ अमेरिकामा सम्पन्न
नेपालबहस संवाददाता
बैशाख १३, २०७८ मंगलबार २:५१:२०
चर्चित गीतकार बुद्धवीर लामाको एकल साँझ अमेरिकामा सम्पन्न भएको छ । ‘बुद्धवीर लामा दशौं गीतिमय साँझ २०२१’ नामाकरण गरिएको कार्यक्रम शनिबार साँझ (नेपाली समय अनुसार आइतबार’ पेन्सिलभेनिया राज्यको ह्यारिसबर्ग शहरमा आयोजना भएको थियो । दर्शकले भरीभराउ र सांगीतिक माहोलमा आयोजित कार्यक्रममा लामाको रचना रहेको दर्जन बढी चर्चित गीतहरु विभिन्न कलाकारहरु प्रस्तुत गरेका थिए । जसमा यमु राईले ‘धोखा दियौ तिमीले’ र ‘लालि गुराँस अजम्बरी’ गीत प्रस्तुत गरेका थिए ।
त्यसैगरी टीका लामिछानेले ‘खोटाङ्ग हलेसी’ र ‘कतिमाया लाग्छ रिमै’, मनोज ढकालले ‘बादलुको घुम्टोले’, जितेन्द्र गिरीले ‘सवैकुरा भन्दा नि पैसै ठूलो छ’ निर्मल गुरुङ्ग र रुकु ढुंगानाले ‘आज हाम्रो भेट भाको दिन’, प्रेम गुरुङ्गले ‘चलेछ बतास सुस्तरी’, रुकसमणि ढुंगानाले ‘चोली राम्रो पाल्पाली ढाकाको’लगायत बोलका गीतहरु प्रस्तुत गरेका थिए ।
गीतकार लामालाई नेपाली १७ लाख ९५ हजार २ रुपैयाँ नगद सहित सम्मान समेत प्रदान गरिएको कार्यक्रममा गीतकार धन लोप्चनले लामाको सम्मानमा उनका रचनाहरु वाचन गरेर सुनाएका थिए ।
करिव ३ घण्टा चलेको कार्यक्रममा नेपाली भाषी भुटानी अमेरिकन नागरिकहरुको बाक्लो उपस्थिति रहेको थियो । विदेशमा नेपाली गीतकारको एकल सांगीतिक कार्यक्रम आयोजना भएको र सोही कार्यक्रममा १७ लाख बढी नगद सहित सम्मान पाउने नेपाली कलाकारमा सम्भवत गीतकार लामा पहिलो व्यक्ति हुन् ।
लामाका यसअघि काठमाडौंमा आठ पटक तथा झापामा एक पटक एकल साँझ आयोजना भएको थियो । यस अगाडि कार्यक्रमबाट उठेको रकम खर्च कटाएर बृद्धा आश्रम र बाल अनाथालयलाई प्रदान गर्दै आएका लामाले अमेरिकामा सम्मानबाट पाएको आफ्नो जन्मथलो इलामको बौद्धधाममा पहिलो पटक म्याराथन दौड आयोजना गर्ने बताए ।
‘विदेशमा गीतकारहरुलाई बोलाएर एकल सांगीतिक कार्यक्रमको आयोजना शुरु भएको छ । यो खुसी र गर्भको कुरो हो’ लामाले भने ‘यसले म मात्र होइन, सम्पूर्ण गीतकारलाई समेत हौसला मिलेको छ ।’ करिब ४ दशकदेखि गीत लेखनमा क्रियासिल लामाका सयौं गीतहरु लोकप्रिय छन् । म्याराथन धावक समेत रहेका लामाको दशौं एकल साँझको आयोजक समितिमा मुक्तिराज गुरुङ्ग, निर्मला सापकोटा गुरुङ्ग, अर्जुन गुरुङ्ग, दीपा गुरुङ्ग, रत्न गुरुङ्ग र रन राई रहेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदशैं आइसक्यो, रित्तो गोजी, रित्तै छ भकारी, परान खाइसक्यो...
असोज ११, २०८१ शुक्रबार
फिल्म छक्का पञ्जा-५ को दोस्रो गीत ‘ब्रेकअप’ सार्वजनिक
असोज ३, २०८१ बिहिबार
यशश्वी प्राज्ञ पुरस्कार लोकगायक यज्ञराज उपाध्यायलाई
भदौ २५, २०८१ मंगलबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार