जहाँ कांग्रेस छ त्यहाँ जनताकाे विश्वास छ : डा. शेखर कोइराला
नेपालबहस संवाददाता
बैशाख १४, २०७८ मंगलबार १९:२६:१५
नेपालमा प्रजातन्त्र, लोकतन्त्र गणतन्त्र नामका शासन ब्यवस्था स्थापित भएर कार्यान्वयनमा आएको पनि तिसौं बर्ष भैसकेको छ । नेपाली जनताले परिकल्पना गरेको मुलुकको द्रुततर बिकास र अन्योलग्रस्त राजनीतिको सहज निकास भने अहिलेसम्म पनि देख्न पाएका छैनन् । देशमा दिगो शान्ती नभई बिकासका कामले गति पाउँदैनन तर देशमा दिगो शान्ति स्थापना गर्न सक्ने र मुलुकको बिकासको योजना कोर्न सक्ने कुनै बहादुर र क्षमताबान नेता किन राजनैतिक दलमा आउँदैनन ? भनेर आम नेपाली जनताहरु टाउकोमा हात राखेर सोच्न बाध्य छन् ।
देश बिकासको खाका कोर्ने भनाउँदा दलका डफेदारहरु मुलुक लुटने ध्याउन्नमै ब्यस्त छन् । बिगतमा भएका बिकास निर्माणका संरचनाहरु समेत कति कौडिको भाउमा बेचेर खाईसके, कति अत्यन्तै जिर्ण अवस्थामा आईसके । मर्मत सम्भार र थप निर्माणमा बर्तमानका शासकहरु कहिल्यै पनि अग्रसर भएको पाईएन । देशमा क्रियाशिल राजनीतिक दलहरुलाई न त देश बिग्रिदै गएकोमा चिन्ता छ ? न त जनता खान नपाएर स्वदेश छोडन बाध्य भएको र रोजिरोटीका लागि बिदेश पलायन भैरहेको कुरामा कुनै हेक्का छ ?
देश बिकास र प्रगतिको मार्गमा अघि बढन शासन ब्यवस्था हैन दुरदर्शी नेतृत्व र ईमान्दार नागरिकहरु हुनुपर्ने रहेछ भन्ने कुरा अब नेपाली नागरिकहरुले बुझिसकेका छन् । वर्तमानका राजनीतिक दलहरुको चर्तिकला देखेर नेपाली जनताहरु अघाई सकेका छन् । अब यिनै राजनीतिक दलहरु र दलका यिनै नेता र नेतृत्वकर्ताहरुको नेतृत्वमा देश बन्ला भन्ने सपना सोच्नु नै बेकार छ । देश कंगाल बनाएर आफु र आफ्ना आसेपासेहरुलाई काखी च्याप्ने प्रबृत्ति भएका नेता र नेतृत्वतहलाई अब जनताले चिन्न जरुरी छ, चिनिसकेपछि फोहोरको कन्टेनरमा लगेर फाल्न जरुरी छ ।
राजनीतिक संरक्षण र गलत बाटोबाट जम्मा गरिएका अकुत सम्पत्तिको निष्पक्ष रुपमा छानबिन गरी भ्रष्टाचारीहरुको निष्पक्ष रुपमा छानबिन गरी छानीछानी जेलको चौघेरामा हाल्न जरुरी छ । ईमान्दारिताको राजनीतिक संस्कारको बिकास गराउँदै जनताहरुमा दलहरुप्रति हराउँदै गएको राजनीतिक बितृष्णा प्रति विश्वास जगाउन जरुरी छ । अब मुलुकमा जनता र देशको पक्षमा ईमान्दार भएर काम गर्ने सक्षम नेतृत्व आउन जरुरी छ ।
नेपाली जनता चाहान्छन् राजनीतिक दलका नेताहरु कार्यकर्ताकोमा जाँदा या जनताका घर आँगनमा पुग्दा आफ्नै बुबाआमा बजारबाट घर फर्कदा बालबालिकाहरुमा आउने या देखिने प्रशन्नता, खुशी र आशाबादी झै देखिन सक्नु पर्छ । नेता कार्यकर्ताको घर आँगनमा पुग्दा सबै कार्यकर्ताहरुको मुहारमा खुशीका सञ्चार भएको आभास देखिन सक्नु पर्छ । राजनीतिक नेतृत्वले सधैं अभिभावकीय भूमिका निभाउँदै देश निर्माणको एउटै संकल्प रहेको जिम्मेवारीको बोझ बोकेको हुनुपर्छ । बोक्रे भाषण र झुठो आश्वासनमा दलमा आबद्ध भएका कार्यकर्ताहरुलाई, डराएर, धम्क्याएर, झुक्याएर र अल्मल्याएर गरिने झुठको राजनीतिको आयु सधैं छोटो हुने गर्दछ भन्ने कुरा पनि नेतृत्व तहले बुझ्न जरुरी छ । नेपाली राजनीतिमा विगतको नेतृत्वको पदचाँप पछ्याउने कुनै भरोषायुक्त नेता नभेटिरहेको बर्तमान अवस्थामा नेपाली राजनीतिक आकाशमा एक आशालाग्दा नक्षत्र उदाएका छन् । नेपाली कांग्रेस भित्र डा. शेखर कोइरालाको राजनीतिक क्रियाशिलतासँगै नेपाली कांग्रेसमा मात्र हैन सिंगो नेपाली जनतामा आशाको रक्तसञ्चार भएको पाईएको छ ।
अब नेता र कार्यकर्ताविच, सरकार र जनता बिच अभिभावक र छोराछोरी झै ब्यवहार गरिने वातावरण सृजना गराएरै छोडने उद्घोष गरेर राजनीतिमा होमिएका डा. शेखरले राजनीतिलाई स्वच्छ र आम नागरिकहरुले विश्वास गर्न योग्य बनाउने शंकल्प समेत गरेका छन् । राजनीतिबाट नैतिकता भन्ने शब्द हटाउनै नमिल्ने जिकिर गर्ने कोइरालाका वर्तमानका देश प्रेम, नागरिकप्रतिको चिन्ता र लोकतन्त्रप्रतिको आस्था र समर्पणका कारण उनको राजनीतिक उचाईमा थप ईटा थपिदै जान थालेको देखिदैछ । डा. शेखर भन्छन् नेतृत्व तहको ईमान्दारितामा नै सिंङ्गो कार्यकर्ताहरुको विश्वास र भरोषाको धागो अडिएको हुनाले नेतृत्व तहमा कथंकदाचित बेईमानी चरित्र हाबी हुन खोजेमा तुरुन्तै सच्चिन सक्नुपर्ने बताउछन् । यदि सच्चिन सक्ने अवस्था नदेखिएमा वा सच्चिनेबाटो बन्द भैसकेको भए राजनीति भन्दा बेग्लै बैकल्पिक बाटो खोज्नुपर्ने भन्दै अहिले कडा प्रतिक्रिया समेत दिन थालेका छन् । यसले पार्टीमा ईमान्दारीता पूर्वक निष्ठाको राजनीति गर्ने नेता तथा कार्यकर्ताहरुको मनोबल बढन थालेको छ भने गलत मनसाय राखेर राजनीतिलाई उपयोग गर्नेहरुको मुटुमा ढ्याङ्ग्रो बज्न थालेको छ ।
नेपाली जनतामा देखिएको राजनीतिप्रतिको बितृष्णालाई समयमै ब्यवस्थापन गर्न नसके मुलुक गम्भिर द्वन्दमा फँस्नसक्ने तर्फ ईंगित गर्दै कांग्रेसका प्रभावशाली नेता डा. शेखर जनताको विश्वास मर्न दिन नहुने र जनताका साथमा रहेर राजनीति गर्नुपर्ने बताईरहेका छन् । ३० बर्षे पञ्चायतको कालरात्रीको स्मरण गर्दै नेता कांग्रेसका भावी सभापति डा. शेखरले त्यति लामो ब्यवस्था बिरोधी आन्दोलनमा नेपाली जनताले नेपाली कांग्रेसलाई दिएको साथ भनेकै नेतृत्वतहको ईमान्दारिता, पार्टी र जनताप्रति समर्पित नेतृत्वपंक्ति भएकै कारणले हो भन्ने कुरा स्मरण गर्दै अहिले निक नेतृत्व तहको चर्को आलोचना हुने गर्दछ ? भन्ने प्रश्न गर्दै डा. शेखर कोइराला भन्छन् पार्टीभित्र ईमान्दारिताको राजनीतिक सस्कार स्थापित गराउने र नेता र कार्यकर्ता बिचको खाडन पुर्दै सँगसँगै हिडन सक्ने कांग्रेस बनाउने नै आफ्नाे चाहना रहेको बताएका छन् ।
कांग्रेसको आन्तरिक बिषयमा अन्य दलहरुले खेल्ने र बोल्ने ठाउँ कसरी बन्न सक्यो भन्दै डा. शेखर भन्छन् वर्तमान नेतृत्व तहले दर्बिलो खुट्टा नटेकीदिँदा बिगतमा कांग्रेसले निभाएको अभिभावकीय अग्रगामी भूमिका र गहन जिम्मेबारी पनि अहिले ओझेलमा परिरहेको प्रति चिन्ता समेत ब्यक्त गरेका छन् । अबको कांग्रेस सम्पूर्ण कार्यकर्ताहरुको भावना र चाहना अनुरुप चल्ने कांग्रेस हुनुपर्ने कुरामा जोड दिंदै नेता डा. शेखर भन्छन् नेपाली कांग्रेस प्रतिको जनताको विश्वास र भरोषा अझैसम्म पनि मरिसकेको छैन । हामीले जनतालाई ईमान्दार राजनीतिको उदाहरण प्रस्तुत गर्न सक्ने हो भने नेपाली कांग्रेसलाई बिपी, केपी, गणेशमान र गिरिजाबाबुले जुन उचाईमा पुर्याउनु भएको थियो त्यसमा थप एक ईटा थप्न सकिनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’
मंसिर ११, २०८१ मंगलबार
पुस ११ देखि चितवन हात्ती तथा पर्यटन महोत्सव हुने
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
मंसिर ११, २०८१ मंगलबार
सबै संघीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य
मंसिर ११, २०८१ मंगलबार