स्याङ्जा प्रहरी सडकमा, तपाईको माक्स खोई ?
नेपालबहस संवाददाता
बैशाख १३, २०७८ मंगलबार ३:९:२३
१३ बैशाख, स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जिल्ला सदरमुकाम पुतलीबजारमा तपाइको मास्क खोई ? भन्ने कार्यक्रम चलाएको छ । जिल्ला सदरमुकामबाट शुरु गरिएको यो कार्यक्रम जिल्लाका विभिन्न ठाँउमा गरिने भएको हो । दोस्रो लहरको कोरोना संक्रमण बढ्दो रुपमा नेपालका विभिन्न जिल्लामा देखिन थालेपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जाले सडकमा पुगेर यस्तो कार्यक्रम संचालन गरेको प्रहरी प्रमुख होविन्द्र वोेगटीले बताए ।
सिद्धार्थ राजमार्गमा गुड्ने सवारी साधन, पैदल यात्रु र बजार क्षेत्रका सर्वसाधरणलाई तपाईको माक्स खोई ? भन्ने कार्यक्रम मार्फत सचेतना सहित केही माक्स वितरण गरेको वोगटीले बताए । स्याङ्जामा पछिल्लो समय कोरोना संक्रमणको दर बढ्दो रुपमा रहेकाले प्रहरी प्रमुखकै नेतृत्वमा सचेतना कार्यक्रम गरिएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा सदरमुकामका विभिन्न क्षेत्रमा कोरोना संक्रमण सचेतना अभियान संचालन भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी राजेन्द्र अधिकारीले जानकारी दिए ।
पैदल यात्रा गर्दा होस वा सवारी साधनमा यात्रा गर्दा होस अनिवार्य माक्स प्रयोग गर्न सर्वसाधरणलाई प्रहरीले अनुरोध गरेको छ । कोरोना संक्रमित हुनबाट बचौ, अरुलाई पनि बचाउ भन्ने नारा सहित प्रहरीले सर्वसाधरणलाई सचेत गराएको छ । लुम्बिनी प्रदेशको सिमा नाकामा रहेको स्याङ्जा पहिलो चरणमा पनि निकै जोखिम रहेको थियो ।
दोस्रो लहरको कोरोना संक्रमणबाट पनि स्याङ्जा उच्च जोखिममा हुन सक्ने भन्दै प्रहरीले पहिलो चरण माक्स लगाउन र सेनिटाईजरको प्रयोग गर्न सचेत गराएको बताइएको छ । हाल सम्म स्याङ्जामा करिव ५० जना संक्रमित भइसकेका छन् भने एक जनाको निधन भइसकेको छ । स्वास्थ्यका मापदण्ड अपनाउदै स्याङ्जावासीलाई सुरक्षित राख्न प्रहरी खेलेको भुमिका महत्वपूर्ण रहेको स्थानीयले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यासमा चौबीसै घण्टा आपत्कालीन केन्द्र तयारी अवस्थामा
भदौ ३०, २०८१ आइतबार
बागलुङमा घर भत्काउने क्रममा एकको मृत्यु, ११ जना घाइते
भदौ २९, २०८१ शनिबार
हीरापाटाका एक सय ५० घरमा ‘एक घर–एक धारा’
भदौ २६, २०८१ बुधबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार