निषेधाज्ञा जारी गरेसँगै हवाई टिकट पाउनै गाह्रो, भाडा बढेर उच्च बिन्दुमा !

नेपालबहस संवाददाता
बैशाख १४, २०७८ मंगलबार १४:२०:४४

१४ बैशाख, काठमाडौं । सङ्क्रमण उच्च देखिएको काठमाडाैं उपत्यकासहित देशका विभिन्न नौ जिल्लामा सरकारले निषेधाज्ञा जारी गरेसँगै आन्तरिक उडानतर्फ धेरै गन्तव्यको लागि टिकट नै पाइन छाडेको छ भने टिकट बाँकी रहेका गन्तव्यको पनि भाडा उच्च बिन्दुमा पुगेको छ ।
धनगढी उडानको लागि भाडा ११ हजार ६ सय ८५ पुगेको छ । केही दिनअघि तीनहजार सम्म टिकट पाइने नेपालगञ्जको हवाई भाडा १० हजार रुपैयाँसम्म र विराटनगरको ७२ सयसम्म पुगेको छ । यस्तै आइतवारसम्म दुई हजार रुपैयाँबाट रहेको पोखराको भाडा बढेर ४८ सय नाघेको छ । यस्तै भैरहवाको ६ हजार बढी पुगेको छ । टिकट पाउन मुस्किल छ ।
सार्वजनिक र निजी सवारी साधानमा रोक लगाइए पनि हवाइ उडानमा भने एक हप्तासम्म हेर्ने र अवस्थाको मूल्याङ्कन गरेर उडान जारी राख्ने या रोक्ने विषयमा निर्णय लिने सरकारले बताएको छ । यसैबीच सार्वजनिक यातायता संचालकहरुले भने हवाइ सेवा सुचारु राखी सार्वजनिक यातायात मात्र रोक लगाउने सरकारको निर्णयको विरोध गर्दै त्यसको अवज्ञा गर्ने चेतावनी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्यटन राजधानी पोखरामा त्रिदेशीय पर्यटन प्रदर्शनी
फागुन १२, २०८१ सोमबार
‘ब्लु हिल’मा तीन करोडको पर्यटकीय पूर्वाधार
फागुन ७, २०८१ बुधबार
बन्दीपुरमा तीन महिनामा १० हजारभन्दा बढी विदेशी पर्यटक
फागुन २, २०८१ शुक्रबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
भारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
आन्दोलनको कार्ययोजना बनाउन एकीकृत समाजवादीले बनायो कार्यदल
फागुन १४, २०८१ बुधबार
नेपालविरुद्ध म्यानमारले लियो २–० गोलको अग्रता
फागुन १४, २०८१ बुधबार
भारतीय केरा आयातले नेपालमा उत्पादित केराको बजार प्रभावित
फागुन १४, २०८१ बुधबार
भद्रपुर झापा गोल्डकप : झापा–११ फाइनलमा प्रवेश
फागुन १४, २०८१ बुधबार
राजदूत नेपालद्वारा स्पेनका राजासमक्ष ओहदाको प्रमाणपत्र पेस
फागुन १४, २०८१ बुधबार
पाल्पामा जन्मिएका मगर बेलायत ननिटनको मेयरमा मनोनीत
फागुन १४, २०८१ बुधबार