वडाध्यक्षसहित दुई जनप्रतिनिधिलाई दल त्यागको कारवाही
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r4uYBOLq3K.jpeg
)
नेपालबहस संवाददाता
बैशाख १४, २०७८ मंगलबार १६:५६:४५
![](https://nepalbahas.prixacdn.net/media/albums/maobadi_kHa0Gr6g7q.jpeg)
१४ वैशाख, सिमकोट । नेकपा माओवादी केन्द्र हुम्ला अदानचुली गाउँ कमिटीले वडाध्यक्षसहित दुई जनप्रतिनिधिलाई दल त्यागको कारवाही गरेको छ । सोमबार बसेको गाउँ कमिटी सचिवालय बैठकले अदानचुली गाउँपालिका–१ का वडाध्यक्ष रग थापा र सदस्य वर्ष महतारालाई निर्वाचित पद रिक्त रहने गरी कारवाही गर्न सिफारिस गरेको हो ।
गाउँ कमिटी अध्यक्ष हरिदल पुनको अध्यक्षतामा बसेको बैठकले माअेवादी केन्द्रबाट निर्वाचन जितेर अन्य पार्टी (नेकपा एमाले) मा लागेको भन्दै पार्टी वडाध्यक्ष थापा र सदस्य महतारालाई कारवाहीका लागि जिल्ला पार्टीलाई सिफारिस गरेको हो । “लामो समयदेखि हाम्रो पार्टीको सम्पर्कमा उनीहरु आएको छैन”, अध्यक्ष पुनले भने, “पार्टीको सम्पर्कमा नआएपछि हामीले पटक–पटक पठाएको स्पष्टीकरणसमेतको जवाफ नदिएपछि बाध्य भएर पार्टीले यस्तो निर्णय गर्नुपरेको हो ।”
अध्यक्ष पुनका अनुसार बैठकले पार्टीको राज्य कमिटी सदस्य धन्जे दमाई ‘सङ्कलन’ सहित तीनै जनालाई पार्टीको साधारण सदस्य नरहने गरी कारवाही गर्न सिफारिस गरेको हो । माओवादी केन्द्रले कारवाहीका लागि सिफारिस गरेका ‘सङ्कलन’ पार्टीका राज्य समिति सदस्य हुन् भने थापा र महतारा पार्टीको जिल्ला कमिटी सदस्य रहेको बताइएको छ ।
पार्टीमै पुनरावेदन गर्छौ: वडाध्यक्ष थापा
वडाध्यक्ष थापाले आफूमाथि कारवाही गर्ने निर्णयको पार्टीभित्रै पुनरावेदन गर्ने प्रतिक्रिया दिए । पार्टीले कारवाहीका लागि गरेको सिफारिसका बारेमा जानकारी नपाएका वडाध्यक्ष थापाले भने, “म विसं २०७४ वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा तत्कालीन माओवादी केन्द्रको टिकटबाट निर्वाचित भएको हुँ, पछि एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेकपामा आबद्ध भएँ, त्यसपछि अहिलेसम्म म अन्य कुनै पार्टीमा आबद्ध छैन, तर पूर्वाग्राही ढङ्गले कारवाही गरे म पार्टीभित्रै न्याय खोज्छु ।”
पार्टीभित्रकै केही व्यक्तिले आफूमाथि भौतिक आक्रमण गर्नेविरुद्ध कारवाहीको माग गर्दा कुनै सुनुवाइ नभएपछि पछिल्लो समयमा पार्टीको सम्पर्कमा नगएको उनले बताए । उनले अर्को पार्टीमा लागेको भन्ने आरोप सही नभएको प्रतिक्रिया दिए । “माओवादी केन्द्रको बाहेक हामी (म र वडा सदस्य वर्ष महतारा)सँग नेकपाको समेत सदस्य लगेको रसिद छैन”, उनले भने, “अन्य पार्टी लागेको भन्ने आरोप केवल व्यक्तिगत रिसइबीबाहेक अरु केही होइन । त्यसमा पार्टीले हामीलाई न्याय गर्नेछ ।” वडाध्यक्ष थापा मोओवादी केन्द्रकै स्थानीय नेताद्वारा यसअघि दुईपटक कुटिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुम्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर भूकम्प
माघ ३०, २०८१ बुधबार
‘समाज बदल्न उपदेश दिनेले आफैँ बदलिनुपर्छ’
माघ २२, २०८१ मंगलबार
कर्णालीमा अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव
माघ २२, २०८१ मंगलबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
सुनको मूल्य तोलामा एक हजार दुई सय बढ्यो
फागुन ५, २०८१ सोमबार
ब्राजिलका दम्पतीले बनाए विश्वको सबैभन्दा लामो वैवाहिक सम्बन्धको कीर्तिमान
फागुन ५, २०८१ सोमबार
रिलिज भएको तीन दिनमा विक्की कौशलको ‘छावा’ले कमायो ११० करोड
फागुन ५, २०८१ सोमबार
विश्वकै पहिलो ‘समलिङ्गी इमाम’ मुहसिनको गोली हानी हत्या
फागुन ५, २०८१ सोमबार
शाहरुख खान स्टार होइनन्, भावना हुन् : करण जोहर
फागुन ५, २०८१ सोमबार
उत्तरी गोरखाको नुब्री भ्यालीमा भारी हिमपात, टेलिफोन र इन्टरनेट सेवामा समस्या
फागुन ५, २०८१ सोमबार