अत्यावश्यक कामबाहेक नेपालीलाई सीमाबाट भारत जान बन्देज
नेपालबहस संवाददाता
बैशाख १४, २०७८ मंगलबार १७:२:२१
१४ बैशाख, धनगढी । गौरीफन्टा नाका हुँदै नेपाल प्रवेश गर्न लागेका भारतीय नागरिकलाई उतै फर्काइएको छ। ७२ घण्टा यताको पीसीआर रिपोर्ट नभएको भन्दै उनीहरूलाई फर्काइएको हो। कोरोनाको दोस्रो लहरसँगै भारतमा अत्यधिक कोरोना संक्रमित बढेकाले पीसीआर रिपोर्ट नभएका भारतीय नागरिकलाई फर्काइएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बताए। उनले अत्यावश्यक कामबाहेक नेपालीलाई सीमा नाका भएर भारत जानसमेत बन्देज लगाएको बताए।
कैलाली जिल्लासँग जोडिएको गौरीफन्टा नाका कञ्चनपुर जिल्लामा पर्छ। गौरीफन्टा र गड्डाचौकी नाका भएर दिनहुँ हजारौँको संख्यामा नेपाली र भारतीयहरू नेपाल प्रवेश गर्ने गरेका छन्। सो नाकाबारे बुझ्न सोमबार दिउँसो कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीसँगै जिल्लाका सुरक्षा प्रमुख अनुगमनमा पुगेका थिए। नाकाबारे अनुगमन गरिरहेको समयमा दिउँसो ३ बजेतिर सो नाका भएर एउटा गाडीमा आएकामध्ये तीनजनाबाहेक अरू भारतीय नागरिक थिए।
नेपाली नागरिकलाई सीमामा राखिएको हेल्थ डेस्कमा परीक्षणपछि नेपाल भित्रिन दिइयो भने भारतीय नागरिकलाई पीसीआर रिपोर्ट नभएको भन्दै भारततर्फ फर्काइएको थियो। पछिल्लो समय प्रदेशका दुई जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या अत्यधिक बढ्न थालेपछि कञ्चनपुर र कैलालीका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षाकर्मीको बैठकले जिल्लामा रातिको समयमा हिँड्डुलमा रोक लगाएको छ।
बैठकले जिल्लामा बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म हिँड्डुलमा रोक लगाएको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए। ‘राति ८ बजेदेखि बिहान ५ बजेसम्म हिँड्डुलमा प्रतिबन्ध लगाउने सहमति भएको छ,’ कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले भने, ‘यो रात्रिकालीन लकडाउन हो, निर्णय कार्यान्वयन नभए पूर्ण रूपमा लकडाउन हुन्छ।’
उनले आज मंगलबारदेखि कैलालीमा सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरिएको बताए। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले भने केही दिन प्रचारप्रसार गर्ने र १५ गतेदेखि जोरबिजोर सवारी सञ्चालन गर्न दिइने बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार
अनुगमनका क्रममा ४ सय १५ बोरा रासायनिक मल जफत
पुष ५, २०८१ शुक्रबार
साउदी अरबबाट फर्किएका तनहुँका ३६ वर्षीय पुरुषमा मंकीपक्स सङ्क्रमण पुष्टि
पुष ५, २०८१ शुक्रबार